सामाजिक सञ्जालको विकृति रोकौं

देश आधुनिकता तिर लम्किएसँगै पश्चिमा संस्कृतिले जरो गाडेको देखिन्छ । विदेशमा सृजना गरिएका विभिन्न सामाजिक सञ्जालका एप्लिकेशनहरुले गर्दा अहिले नेपालको युवा पिढि दुरुपयोगको सिकार बन्दै गएको छ । सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक गरी दुई ओटा पक्षहरु छन । एकातिर सामाजिक सञ्जालको माध्यमबाट सूचना प्रविधिको क्षेत्रमा आम जनताको पहुँच जबर्जस्त स्थापित हुन पुग्नु सकारात्मक पक्ष हो भने अर्काे तर्फ सोही सामाजिक सञ्जाल कसैले कसैको मानहानी या बेईज्जत गर्ने माध्यमका रुपमा स्थापित हुनु नकारात्मक पक्ष हो ।

maya metro hospital

त्यतिमात्रै नभई इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न सकिने पक्षलाई सामाजिक सञ्जालको सकारात्मक पक्षका रुपमा बुझ्न सकिन्छ भने एकअर्काको विरुद्धमा अस्त्र बनाएर प्रयोग गर्ने, बदनाम गर्न खोज्ने, अनावश्यक टिकाटिप्पणीको थलो बनाउन खोज्ने, संगठित साइबर समूह बनाउने, अमर्यादित गालीगलौजमा उत्रिने, अशिष्टता प्रदर्शन गर्ने, तथ्यहीन जानकारी दिएर जनस्तरमा भ्रममा पार्ने, अश्लीलता प्रदर्शन गर्ने, समाज र राष्ट्रलाई हानी गर्ने कुरा शेयर गर्नेजस्ता गलत क्रियाकलापहरु यसका नकारात्मक पक्ष अन्र्तगत पर्दछन ।

joshi vada pasal 2

सामाजिक सञ्जाल सूचना दिने अनलाइन प्रविधिको एकमुस्ट सामूहिक रुप पनि हो । हात–हातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले गर्दा जनसंख्याको ठूलो हिस्सा सूचना प्रणालीमा जोडिन सहज भएको हो र यसले सामाजिक सञ्जालमा समेत पहुँच राख्छ साथै यसको प्रयोगको दायरा व्यापक छ । सामाजिक सञ्जाल अन्र्तगत नेपालमा मुख्यतयाः फेसबुक, ह्वाट्सएप, ट्विटर, टिकटक लगायतका एप्लिकेशनहरु बढी प्रयोगमा आउने गर्दछन ।

पछिल्लो समय र सबैभन्दा बढी टिकटक प्रयोगकर्ताहरुको संख्या बढेको छ । भाईरल बन्ने रोगका कारण मानिसहरुले टिकटकलाई बढी प्रयोग गर्ने गरेका छन । भाईरल हुने प्रवृत्ति बढ्दै जाँदा नै पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गईरहेको अवस्था छ । सामाजिक सञ्जाललाई सही सुचना सम्प्रेषण गर्ने तथा सही व्यवसायीक क्रियाकलापका रुपमा प्रयोग गर्न सके यसका अत्यन्तै फाईदाहरु पनि छन । तर सोही सामाजिक सञ्जाललाई अर्काको बेईज्जत गर्ने, अनैतिक कार्य गर्ने, भाईरल हुने चक्करमा जे पायो त्यही काम गर्ने गर्नाले नै सामाजिक सञ्जालको दुरुपयोग बढीरहेको हो ।

त्यसैले सामाजिक सञ्जालको दुरुपयोग गरी अर्कालाई धम्क्याउने, डराउने शोषित गर्ने लगायतका अनैतिक काम गर्ने मानिसहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । समाजमा शान्ति र अमनचयनको अवस्था कायम गर्न पनि सामाजिक सञ्जालको विकृती रोक्नुपर्ने अवस्था छ ।

सामाजिक सञ्जालमार्फत अनैतिक कार्य गर्ने मानिसहरुलाई कारबाहीको दायरामा ल्याई सामाजिक सञ्जालकै कारण समाजमा बढ्दै गईरहेका घटनाहरुको न्युनिकरण गर्न सरोकारवाला निकाय जिम्मेवार बन्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.