गोदावरी धामको विकासमा एकजुट बनौंं

कैलालीको गोदावरी धाम सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मीक एवम् पर्यटकिय क्षेत्र हो । यसको विकासका लागि बिभिन्न स्तरबाट अहिले प्रयास पनि भइरहेका छन । गोदावरीमा पहिलो पटक २०७२ सालमा महाकुम्भ मेला लागेपछि यसको चर्चा देशभरी नै भएको थियो । उक्त महाकुम्भ मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

maya metro hospital

महाकुम्भको चर्चाले गोदावरी घाममा मानिसको चहपहल बढेको भएपनि यसको व्यवस्थित विकास भने हुन सकेन् । गोदावरी धाममा च्याउ भैm समिति निर्माण भएर भौतिक संरचना बनेका भएपनि ति व्यवस्थित भएनन् । जसका कारण अहिले आफूखुसि अन्दाधुन्द निर्माण संरचनाकै कारण गोदावरी धाम कुरुप बन्न थालेको छ ।

joshi vada pasal 2

यसलाई झन बढी कुरुप हुनबाट जोगाउने एक मात्रै विकल्प भनेको यसको डिपिआर बनाएर विकास गर्न आवश्यक छ । जसका लागि नगरपालिको प्रयास गरेको भएपनि त्यसले मृत रुप लिन सकेको छैन् । नगरपालिकाले यसका लागि अहिले च्याउ झै उम्रिएका समितिलाई एउटै समिति राख्ने गरी ऐन बनाएको छ ।

नगरपालिकाले ‘बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति स्थापना र व्यवस्था गर्न बनेको ऐन २०७९’ नगरसभाबाट पारित गरेको छ । ऐन अनुसार अब नगरप्रमुखको संरक्षणमा गोदावरी धामको मुल समिति बन्ने छ । उक्त समितिले हाल गोदावरीमा रहेका सबै समितिलाई आफ्नो मातहतमा राख्ने जनाएको छ ।

यस ऐनले हाल गोदावरीमा च्याउ झै उम्रिएका समितिलाई व्यवस्थापन गर्ने अपेक्षा लिइएको भएपनि यसमा हाल गोदावरीमा रहेका सबै समितिले सहयोग गर्न आवश्यक छ ।

नगरपालिकाले पनि हाल भइरहेको अव्यवस्थित विकासलाई व्यवस्थित गर्न तत्काल डिपिआर बनाएर कार्यान्वयमा ल्याउन आवश्यक छ । जसले गोदावरीलाई कुरुप बन्नबाट जोगाउने छ ।

त्यसका लागि प्रदेशकै मात्रै नभएर देशकै प्रमुख धार्मीक प्रर्यटकिय क्षेत्रका रुपमा अगाडी बढीरहेको गोदावरी धामको विकासका लागि सबै पक्षबाट हातेमालो हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.