वन विनास रोकौं

पछिल्लो समय बन विनास हुने क्रम बढ्दै गईरहेको छ । विद्यालय, क्याम्पस, मठमन्दिर आदिका नाममा पनि सामुदायिक वनहरु मास्ने कार्य पछिल्लो समय बढिरहेको देखिन्छ । सामुदायिक वनका पदाधिकारीहरुलाई लालच देखाई वनको क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका शिर्षकमा संरचनाहरु निर्माण गर्ने कार्य फस्टाउदै गएको पाईन्छ ।

maya metro hospital

सामुदायीक वनका पदाधिकारीहरुले पनि वनको संरक्षण गर्नुको सट्टा वनलाई अतिक्रमण गर्नमा साथ दिने गरेका छन । देशभरमै सबैभन्दा बढी वन अतिक्रमण भएको जिल्लाका रुपमा कैलालीलाई लिने गरिएको छ । कैलालीमा पनि सबै भन्दा बढी वन अतिक्रमण गोदावरीमा भएको छ । राजमार्गसँगा जोडिएका गोदावरीका सामुदायीक वनहरु त खाली नामका मात्रै रहेका छन ।

joshi vada pasal 2

गोदावरीमा प्रदेशको राजधानी तोकिएपछि बस्ती विस्तारीकरण बढ्दा नजिकका सामुदायिक वनहरु अतिक्रमणको चपेटामा परेका हुन । वनहरुको अतिक्रमणमा यहाँका राजनीतिक दलका उच्च स्तरका नेता तथा समाजका अगुवाहरु नै बढी सक्रिय रहेका छन । सामुदायीक वनको खाली रहेको भागमा सानो संरचना बनाई पछि त्यसलाई विस्तारै ठुलो क्षेत्रका रुपमा विस्तार गरेर वन अतिक्रमण गर्ने कार्य बढीरहेको छ ।

डिभिजन बन कार्यालयले सामुदायिक वनहरुको अतिक्रमणका विषयमा कारबाही थालेपनि निराकण भने हुन सकेको छैन । त्यसको एउटा कारण राजनीतिक दवाव पनि हो । आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही नगर्न राजनीतिक दलका शिर्ष नेताहरुबाट नै आदेश आउँदा बन कार्यालयले हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ ।

सामदायीक वनहरु अतिक्रमणमा पर्ने या त्यसको संरक्षण हुने भन्ने कुरा त्यस सामुदायीक वनको समितिका पदाधिकारीहरुमा भर पर्दछ । सामुदायिक वनका पदाधिकारीले बनको संरक्षण गर्छन या लोभ र लालचमा फसेर वन विनासलाई प्रशय दिन्छन भन्ने कुरा महत्पुर्ण हुन्छ । कैलाली कञ्चनपुरका केही यस्ता सामुदायीक वनहरु पनि छन, जहाँ पहिलेको तुलनमा अहिले वनको क्षेत्र बढेको छ र बनलाई सुरक्षित राखिएको छ । तर यहाँका सामुदायिक वनहरु भने समितिकै पदाधिकारीहरुको रहोबरमा अतिक्रमण हुदै गईरहेका छन ।

वन मानिसको जिवन हो । मानिसलाई जिउनको लागि आवश्यक पर्ने स्वच्छ वायु र जल वनजंगलबाट मात्रै सम्भव छ । त्यसका साथै अन्य विभिन्न कुराहरुका लागी पनि वन अति आवश्यक छ । वन विनासले मानिस मात्र नभई सम्पुर्ण प्राणिमा नै नकारात्मक असर पर्दछ । स्वच्छ पर्यावरण मानिसहरुको निम्ति खुशीसाथ जीउने अति आवश्यक आधार हो । प्राणीको जीवन पारिस्थितिक प्रणालीमा निर्भर रहेकोले यो प्रणाली खलबलिने बित्तिकै जिउने एउटा महत्वपूर्ण आधारमा असर पर्दछ ।

जनसंख्याको वृद्धिसंगै वन बिनास, वन्यजन्तु विनास जस्ता घटनाहरु बढीरहेका हुन । जसले गर्दा मानिसहरुकै कारण मानिसहरु जीउने एउटा भरपर्दो आधार भत्किन लागेको छ । विकासले विनास निम्त्याउँछ भने झंै मानव सभ्यताको चरमोत्कर्ष हँुदै गर्दा आफै बिनासका आधारहरु सृजना हुन थालेका छन् । यो सबैको निम्ति चुनौतिको विषय हो । त्यसैले बनको विनास नभई यसका सुरक्षामा सबैले ध्यान दिऔ । वन विनास रोकी पर्यावरणलाई स्वच्छ बनाऔं ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.