ईन्डोर कोर्ट निर्माणलाई तिब्रता दिऔं

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिका, खेल क्षेत्रमा सम्भावना बोकेको नगरपालिका हो । यहाँ विभिन्न किसीमका खेलहरु खेल्ने गरीन्छ भने सोही खेलहरुबाट कतिपय स्थानमा जित हासिल गरेर पनि यहाँका खेलाडीहरु फर्किएका छन् ।

maya metro hospital

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्तगत खेलाईएको कँराते खेलबाट तत्कालिन सेती अञ्चललाई पहिलो पटक स्वर्ण दिलाउने काम गोदावरी नगरपालिकाकै खेलाडीले गरिसकेका छन । त्यतिमात्र नभई सुदूरपश्चिममा देशकै ठुलो धनराशीको फुटबल प्रतियोगीता पनि आयोजना भएका छन र त्यसमा पनि गोदावरी नगरपालिकाका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

joshi vada pasal 2

तर, खेल क्षेत्रमा निरन्तर रुपमा उत्कृष्ट प्रर्दशन गर्ने गोदावरीका खेलाडीहरुलाई प्रशिक्षणका लागी एउटा गुणस्तरिय खेलमैदान सम्म बन्न सकेको छैन । पछिल्लो समय यहाँ फुटबल, क्रिकेट, ब्याटमिन्टन, कराते, तेक्वान्दो लगायतका चर्चित खेलहरु खेल्ने गरिन्छ । ति खेलहरुका लागी आवश्यकता अनुसारका मैदानहरु नहुँदा यहाँका खेलाडीहरुको भविष्य अन्यौलमा पर्ने सम्भावना देखिन्छ ।

ति मध्ये पनि मुख्यगरी ईन्डोर कोर्टमा खेलिने खेलहरुका लागी गोदावरी नगरपालिकाको कुनै पनि स्थानमा संरचना छैन । नगरपालिकामा विगत केही समय यता देखी ब्याटमिन्टन, तेक्वान्दो, कराँते, भलिबल लगायतका खेलहरु बढि खेल्ने गरिन्छ ।

ति खेलहरु सबै ईन्डोर कोर्टमा खेलाईने खेलहरु हुन । तर ईन्डोर कोर्टको अभावका कारण त्यस्ता खेलहरु खुल्ला चौरमा खेल्नुपर्ने तथा खेलाउनुपर्ने बाध्यता छ । गत चैतमा अत्तरिया तेक्वान्दो डोजाङ्गले प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता आयोजना गरेको थियो । उक्त प्रतियोगीताका सहभागीहरुले पनि ईन्डोर कोर्टको अभाव महसुस भएको बताएका थिए । प्रतियोगीतामा प्रदेशका सबै जिल्लाहरुबाट खेलाडीहरु आउँदा र आफुहरुले खेललाई ईन्डोर कोर्टमा खेलाउन नसक्दा समस्या भएको आयोजकले जनाएको थियो ।

नियमित खेलिने यस्ता खेलहरु ईन्डोर कोर्टको अभावका कारण पानि पर्दा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । ईन्डोर कोर्टकै अभावका कारण खेलमा राम्रो क्रेज हुदाँहुदै पनि गुपचुप बस्नुपर्ने बाध्यता खेलाडीहरुमा छ । नजिकैका शहरहरु धनगढी र महेन्द्रनगरमा यस्ता खेलहरुका लागी ईन्डोर कोर्ट बनाईएका छन । ति शहरहरुमा रंगशालाहरु समेत निर्माण गरिएका छन । तर नजिकै रहेको अत्तरियामा रंगशालाको त कुरै छोडौ ईन्डोर कोर्ट समेत बन्न सकेको छैन । सो कारणले गर्दा कतिपय समयमा खेलाडीहरुमा नैराश्यता पनि पैदा हुने गरेको छ ।

ईन्डोर कोर्टको अभावलाई मध्यनजर गरी गोदावरीमा पहिलो पटक बजेट विनियोजन भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ईन्डोर कोर्ट निर्माणका लागी १५ लाख रुपैया विनियोजीत गरेको छ । ईन्डोर कोर्टमा खेलिने खेलहरुमा रुचि भएका खेलाडीहरुलाई उक्त कुराले केही मात्रामा राहत प्रदान गरेको छ । ईन्डोर कोर्टमा खेलिने खेलहरु वर्षाको समयमा बन्द गर्नुपर्ने अवस्थाको अन्त्य हुने भन्दै खेलाडीहरु खुसी समेत देखिएका छन । ईन्डोर कोर्टका कारण धेरै खेलाडीहरुले राम्ररी प्रशिक्षण गर्न पाउनेछन । त्यसले नगरमा एउटा विकासको खुड्कीलो पनि पार हुनेछ ।

खेलाडीहरुको चाहना र मागलाई प्रदेश सरकारले सम्बोधन गरेको समयमा अब खेलाडीहरु कमजोर बन्नुहुदैन । ईन्डोर कोर्टका लागी विनियोजीत बजेटलाई सही सदुपयोग गरी छिटो भन्दा छिटो कोर्ट निर्माणको काम सम्पन्न गरिनुपर्दछ । खेलले नै व्यक्ति, समाज, शहर र नगरको पहिचान दिलाउने कुरामा दुई मत छैन ।

त्यसैले नगरको विकास र पहिचानका लागी यस्ता कुराहरुमा नगरपालिकाले पनि ध्यान दिनुपर्दछ । जिल्लास्तरिय तथा प्रदेशस्तरिय ईन्डोर खेलहरु आयोजना गर्नका लागी अत्तरियामा इन्डोर कोर्ट छ भन्ने वातावरण सिर्जना हुने अवस्था आउदैछ, त्यसलाई बीच मै नछोडी आवश्यकताका आधारमा स्थानीय सरकार भएको नाताले नगरपालिकाले पनि पहलकदमी गर्न आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.