खाेज्नुहाेस

भ्रष्टाचारको अन्यका लागि पहल थालौ

Image

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४ सय ४८ वटा उजुरीहरु दर्ता भएका छन । चालुु आर्थिक वर्षको पुस महिना भित्रसम्म मात्रै प्रदेशमा करिब साढे ४ सय को हाराहारीमा उजुरीहरु दर्ता भएका देखिन्छन् । देश संघियतामा गएसँगै तिन तहका सरकारहरु निर्माण भए । नागरिकको नजिकको सरकारका रुपमा रहेको स्थानिय सरकार अर्थात पालिका सरकारले स्थानियका आधारभुत आवश्यताहरु परिपुर्ति गर्ने काममा नेतृत्व सम्हाल्ने काम ग¥यो । तर नागरिकका मागका आधारमा पालिकास्तरबाट विनियोजित बजेटले अपेक्षाअनुसारको काम हुन सकेन् ।

प्रदेशमा आर्थिक वर्षको सुरुवाती महिना श्रावणमा सबैभन्दा बढी उजुरीहरु अख्तियारमा दर्ता भएका छन् । आर्थिक वर्षको सुरुवातमै उजुरीको संख्या बढ्नुले पनि पालिकाहरुको असारे विकासको निति भ्रस्टाचारमुखी भएको देखाउछ । श्रावण पछि सुदूरपश्चिममा भदौ महिनामा बढी उजुरी दर्ता भएका छन ।

attariya hospital
navjiwan hospital

यस्तै चालु आर्थिक वर्षको असोज महिनामा ५१, कार्तिकमा ३६, मंसिरमा ६० र पुषमा ६४ उजुरीहरु आयोगमा दर्ता भएका छन । चालु महिनाको ४ दिनभित्र मात्रै आयोगमा ११ वटा उजुरीहरु दर्ता भैसकेका छन । जिल्लागत रुपमा हेर्ने हो भने पनि प्रदेशका अन्य जिल्लाको तुलनामा कैलालीबाट सबैभन्दा बढी उजुरीहरु आयोगमा दर्ता भएका छन । कैलालीबाट मात्रै चालु आर्थिक वर्षको मंसिर सम्म १ सय ५४ वटा उजुरीहरु आयोगमा दर्ता भैसकेका छन । एकै जिल्लाबाट एक आर्थिक वर्षको ५ महिनाभित्र यत्रो मात्रामा अख्तियारमा उजुरीहरु दर्ता हुनुले जिल्लामा भ्रस्टाचारको अवस्थाका बारेमा राम्ररी बुझ्न सकिन्छ । १३ वटा स्थानीय तह रहेको कैलालीका पालिकाहरुबाटै भ्रस्टाचारको बृद्धि भैरहेको तथ्यांकले देखाएको छ ।

तथ्यांकका अनुसार सुदूरपश्चिममा दार्चुलाबाट सबैभन्दा कम २३ वटा उजुरीहरु आयोगमा दर्ता भएका छन । ५ महिनाको अवधीमा एउटा जिल्लाबाट २३ वटा उजुरी दर्ता हुँदा अर्काे जिल्लाबाट डेढ सय भन्दा बढी उजुरी दर्ता हुनुले कैलालीमा भ्रष्टाचारको अवस्था भयावह रहेको स्पष्ट रुपमा बुझ्न सकिन्छ । सुदूरपश्चिममा सबैभन्दा बढी सुगम जिल्लाका रुपमा रहेको जिल्ला हो कैलाली । प्रदेशको अस्थायी तथा स्थायी राजधानी तोकिएको जिल्ला मात्रै नभई प्रदेशकै प्रवेशद्धारका रुपमा रहेको जिल्लाका रुपमा कैलाली रहेको छ । आर्थिक तथा सामाजिक रुपमा मात्रै नभई स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका आधारभुत कुराहरुमा पनि अन्य जिल्लाको तुलनामा कैलाली अगाडी छ । तर अरु जिल्लाभन्दा बढी विकसित र सुगम हुदाँहुदै पनि कैलालीमा भ्रस्टाचारको अवस्था उच्च तहमा हुनुले यहाँको गुणस्तरिय विकासको खाकाको बारेमा जानकारी पाउन सकिन्छ ।

भ्रस्टाचार न्युनिकरणका लागी मुख्य रुपमा लागिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीलाई सबैभन्दा बढी निगरानीमा राखेर काम गर्नुपर्ने अवस्था सृजना भएको छ । हुन त आयोगले चाहदैमा मात्रै पनि भ्रस्टाचार न्युनिकरण गर्न सकिदैन, तर आयोगले ईमान्दारीताका साथ आफ्नो कामकर्तव्य गरे मात्रै पनि भ्रस्टाचार गर्न खोज्ने कर्मचारी, जनप्रतिनिधि तथा अन्य विभिन्न निकायका कर्मचारीहरु सचेत रहनेछन । आफुलाई बलियो खम्बाका रुपमा आयोगले उभ्याउन सके अवश्य पनि सुदूरपश्चिममा भ्रस्टाचारको न्युनिकरणमा महत्वपुर्ण भुमिका रहनेछ । त्यसैले भ्रस्टाचार अन्त्यका लागी सबैभन्दा पहिले आयोगले आफुलाई दरिलो रुपमा उभ्याउन जरुरी छ । भ्रस्टाचारको अन्त्यका लागी आयोगलाई मात्रै नहेरी देशको शासन प्रणालीमा रहेका मानिस तथा नागरिक समाजका व्यक्तिहरुले पनि पहल कदमी गरौ ।

maya metro hospital