शोक बिदा मात्रैले पुग्छ र ?

आईतबार देशले ठूलो बिमान दुर्घटना भोग्यो । काठमाण्डौ देखि पोखराका लागी उडेको यती यअरलाईन्सको जहाज बिहान करिब ११ बजेतिर सेती खोचँमा दुर्घटनाग्रत हुन पुग्यो । उक्त जहाजमा ६८ जना यात्रु र ४ जना चालक दलका गरी ७२ जना मानिसहरु थिए । दुर्घटनामा परी हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ भने ४ जनाको खोजी जारी छ । हिन्दुधर्मावलम्बीहरुको महान पर्व माघे संक्रान्तीको अवसरमा नेपाली सबै रमाईरहेको अवस्थामा घटित उक्त घटनाले सबैलाई मर्माहित तुल्यायो । पोखराका लागी उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान दुर्घटनामा परेको थियो । विमान दुर्घटनाका कारण सरकारले सोमबार शोक बिदा दियो ।

maya metro hospital

तर शोक बिदाले मात्रै बिमान दुर्घटनाको घटनालाई साम्य पार्न सकिने अवस्था छैन । विमान दुर्घटनाका कारण नेपालमा सयौँले ज्यान गुमाईसकेका छन । फेब्रुअरी २०१९ मा एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाएका थिए भने सेप्टेम्बर २०१८ मा गोर्खाबाट काठमाण्डौका लागी उडेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको थियो ।

यसैगरी मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको यूएस–बंगला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाले ज्यान गुमाएका थिए । यस्तै फेब्रुअरी २०१६ मा पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त हुँदा २३ जना, फेब्रुअरी २०१४ मा पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जना, सेप्टेम्बर २०१२ मा काठमाण्डौबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा बिमानमा रहेका सबै १९ जना, मे २०१२ मा भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त हुँदा पनि १९ जनाको मृत्यु भैसकेको छ ।

attariya hospital

यतिमात्रै नभई सेप्टेम्बर २०११ मा हिमालको दृश्यावलोकनका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डौ नजिकै कोतडाँडामा दुर्घटनाग्रस्त हुँदाँ नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जना, डिसेम्बर २०१० मा लामीडाँडाबाट काठमाण्डौ उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्य गरी २२ जना, अगस्ट २०१० मा काठमाण्डौबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जना, अक्टोबर २००८ मा लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटना हुँदा १८ जना र सेप्टेम्बर २००६ मा संखुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाले ज्यान गुमाईसकेका छन । विमान दुर्घटनामा सबै भन्दा बढीले यसपटक ज्यान गुमाएका छन् ।

नेपालमा हुने गरेका हवाई दुर्घटनालाई लिएर देशभित्र र बाहिरबाट प्रश्नहरू उठ्दै आएका छन् । सरकारले विमान दुर्घटनाका कारणहरु औल्याएर त्यस्ता कारणहरुको निराकरण गर्न सकेको छैन् । यहाँ दुर्घटना हुने प्रमुख कारणमा विमानको अवस्थालाई हेर्ने गरीएको छ ।

वर्षाै पुराना विमानहरु नेपाली आकाशमा उडाईदा त्यसले दुर्घटनाको जोखिम बढाईरहेको गुनासो नागरिकको छ । त्यसतर्फ ध्यान दिई सरकारले निश्चित समयसिमा राखेर विमानहरु छनौट गर्न आवश्यक छ । त्यतिमात्रै नभई मानविय त्रुटि र दवावपुर्ण स्थितिलाई पनि विमान दुर्घटनाको कारण मान्न थालिएको छ । विमान सञ्चालनलाई संवेदनशिल रुपमा लिई, यसको हरेक सुरक्षास्थीतिको बारेमा जाँच गर्ने काम गरे मात्रै नेपालमा विमान सञ्चालन प्रभावकारी हुनेछ । नत्र यसले अझै पनि ठुलो जोखिम निम्त्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.