स्वास्थ्य सवेदनशिलता कायम रहोस्

मानव जिवनको सबै भन्दा महत्वपूर्ण चिज नै स्वास्थ्य हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य भनेको रोग तथा दुर्वलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो । स्वास्थ्य भन्ने शब्द मानिस जन्मेदेखि नमरेसम्म जीवनको हरेक पक्षसँग सम्बन्धित छ ।

maya metro hospital

व्यक्ति शारीरिक रूपले तन्दुरुस्त, मानसिक रूपले सचेत, कुनै प्रकारको रोग नलागेको, स्वस्थ रहनका लागि वैज्ञानिक स्वास्थ्य आचरण अपनाउनुले असल स्वास्थ्यलाई जनाउँदछ । मानिसको जीवनमा प्राप्त हुने सम्पूर्ण उपलब्धिहरूको प्रमुख स्रोत नै असल स्वास्थ्य हो । असल स्वास्थ्यले नै व्यक्तिको सुन्दर भविष्यको निर्माण गर्नसक्दछ । विश्व स्वास्थ्य संगठनका नारा स्वास्थ नै धन हो ले पनि प्रष्ट गर्दछ । मानिसको सबैभन्दा बहुमूल्य सम्पत्ति नै स्वास्थ्य हो । स्वस्थ व्यक्तिले नै आफ्नो परिवारको, समुदाय र राष्ट्रका लागि केही गर्नसक्छ र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अगाडि बढ्न सक्छ ।

joshi vada pasal 2

स्वास्थ्य मानिसको जिवनमा अपरिहार्य भएकाले पनि त्यसप्रति संवेदनशिल बन्न जरुरी छ । नागरिकलाई स्वस्थ र तन्दुरुस्त राख्न सरकारले विभिन्न दृष्ट्रिकोणहरुबाट तयारी थाल्नुपर्दछ । अहिले देशमा तिन तहका सरकार छन । ति सरकारहरुमध्ये स्थानीय सरकारलाई नागरिकको नजिकको सरकारका रुपमा लिने गरिएको छ ।

नागरिकका हरेक सुख, दुख र समस्याहरु सँग स्थानीय सरकार परिचित हुन्छ । त्यसैले आफ्ना नागरिकहरुको स्वास्थ्य सम्बन्धी समस्याहरुको समाधानमा स्थानीय सरकार सदैव चनाखो बन्न जरुरी छ ।

raunak fals and silling

कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य सम्बन्धी कार्यहरुलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताएका छन । गोदावरीले नगरमातहत रहेको मालाखेती अस्पतालको स्वास्थ्य सेवा चुस्त दुरुस्त बनाउनका लागी पहलकदमी गरेको छ ।

उक्त अस्पतालमा स्थापना कालदेखि नै पहिलो पटक नवौ तहको डाक्टरले सेवा दिईरहेको छ, यो आफैमा राम्रो कुरा हो । त्यसका साथै मालाखेतीमा ईन्डोर सेवा सुरु भैसकेको छ भने अप्रेसन थ्रियटर निर्माणको काम भैरहेको छ । नगरमा नयाँ आएको स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा केही गर्न खोजेको आभास त्यता बाट पनि हुन्छ । मालाखेतीमा राम्रो सेवा पाए नगरबासीहरुले यत्रतत्र भौतारिनुपर्ने अवस्था नरहने नगरपालिकाको बुझाई छ ।

त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई नै मध्यनजर गरी ‘नागरिकसँग मेयर कार्यक्रम’ सञ्चालन गर्न थालेको छ । माघदेखि सुरु हुने भनिएको उक्त कार्यक्रममा स्वास्थ्यकर्मिको टोली नगरबासीका घरघरमै पुगेर स्वास्थ्य चेकजाँच गर्ने बताईएको छ । स्वास्थ्य क्षेत्रमा नगरको यो कार्य एकदमै उत्कृष्ट मान्न सकिन्छ । त्यति मात्रै नभई कृष्णपुरले उपमेयर सुत्केरी स्याहार कार्यक्रम पनि सञ्चालन गरेको छ । जसमा नगरमा रहेको सुत्केरीहरुले नगरको बर्थिङ सेन्टरमा बच्चा जन्माए वा उक्त बर्थिङ सेन्टर बाट बाहिर रिफर भए सरकारले तोकेको सेवा सुविधामा १ हजार ५ सय रुपैया थपेर दिने निर्णय गरेको छ । नगरपालिकाले स्वास्थ्यमा अन्य विभिन्न योजनाहरु पनि अघि सारेको छ ।

समग्रमा स्वास्थ्यको क्षेत्रमा दुवै नगरपालिकाहरुले स्वागतयोग्य काम गरेका छन । स्वास्थ्यको संवेदनशिलता बुझी नागरिकको सहजताका लागि गरिएका उक्त कार्यहरुले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्दछ । विभिन्न कारणहरुले मानिसहरु विरामी पर्न सक्दछन, त्यसमध्ये सबैभन्दा ठूलो कारण वातावरण प्रदुषण र फोहोरमैला नै हो ।

फोहोरमैलाले विभिन्न किसीमका रोगहरु लाग्ने गर्दछन् । त्यसैले नगरलाई सफा र सुन्दर बनाउनुका साथै नागरिकको स्वास्थ्य संवेदनशिलतालाई आगामी दिनहरुमा पनि कायम राख्न स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.