वन तस्करी रोकौं

कैलालीको गोदावरी क्षेत्रमा पछिल्लो सयम वन तस्कर सक्रिय भएका छन । नदीजन्य पदार्थको संकलन खुलेसंगै सो क्षेत्रका सामुदायिक वनहरुमा वन तस्कर सक्रिय भएका हुन । गोदावरी नदीबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टि, बालुवा) संकलन खुलेपछि तस्करहरुले नदीजन्य पदार्थ संकलन गर्ने नाममा काठ तस्कर गरिरहेका छन ।

maya metro hospital

उनीहरुले गोदावरी नदी संगै जोडिएका गोदावरी सामुदायिक वन, रातोपानी सामुदायिक वन र तेघरी सामुदायिक वनबाट काठ तस्करी गरिरहेका छन् । तस्करहरुले वनबाट काचो सालका गोलिया बनाएर नदीजन्य पदार्थ संगै ढुवानी गर्ने गरेका छन् । पछिल्लो समय सामाजिक संजालमा गोदावरी क्षेत्रका वनमा सालका रुख काटेको फोटो समेत भाइरल भएका छन् ।

joshi vada pasal 2

सो क्षेत्रमा सालको घना जंगलनै भएकाले तस्करहरु सेटिङमै संक्रिय रहेको स्थानीयको आशंका छ । रातारात वन सखाप गर्न तस्कर संक्रिय भएपनि यस बिषयमा वन कार्यालय र प्रशासन भने मौन रहेको छ ।

raunak fals and silling

राज्यले वनको सुरक्षाका लागि बर्षेनी ठूलो लगानी गरिहरेको छ । तर, दिनदहाडै वन तस्करी बढेको भन्दै प्रमाण सहितका फोटो भिडियो समाजिक संजाल र संचार माध्यममा सार्वजनिक भइरहदा पनि प्रशासनको भने अझै त्यस तर्फ ध्यान पुग्न सकेको देखिदैन् । जसका कारण वनबाट निकै मुल्यवान रुखहरु तस्करको हातमा सहजै पुगिरहेका छन् ।

गोदावरीमा वन तस्करी भएको स्थानीय प्रत्यक्षदर्शी भएपनि उनीहरु पनि बोल्न सक्ने अवस्थामा छैनन् । किनकी राज्यको पहुच नै नपुगेको क्षेत्रमा बस्ने नागरिकहरु वन तस्करको विरुद्ध बोल्न असुरक्षित महशुस गरिरहेका छन् । वन तस्करहरुले रातारात वन मै ट्याक्टर लगेर सालका रुख काटेर वन सखाप पर्ने योजनामा सक्रिय छन् ।

वनमा तस्करहरुको रजाई रभइरहेको भएपनि सम्बन्धित निकाय भने अझै चुप छ । अहिले सम्म वन तस्कर भइरहेको भनिएको क्षेत्रमा वन कर्मचारी पुग्न समेत सकेका छैनन् ।

‘हरियो वन नेपालको धन’ भनिरहने राज्यले हरियो वन तस्करको धन भइरदहा पनि चुप लागेर बस्दा वन नै नरहने जोखिम बढेको छ । त्यसैले नेपालले ठूलो लगानी गरेर संरक्षण गरेको वनको संरक्षणका लागि बेलैमा सजक हुन आवश्यक छ ।

स्थानीयले वन अतिक्रमण भएको भनेर बारम्बार आवाज उठाउँदा पनि वास्ता नगर्ने प्रवृतिको अन्य गरी वनको संरक्षणका लागि परिचालित वन हेरालु र वनका कर्मचारीले सम्बन्धि ठाउँमा गएर यसको रोकथाम गर्न आवश्यक छ । नत्र भने आगामी दिनमा वन तस्करहरु झन संक्रिय भइ वन क्षेत्र नै सखाप हुने स्थिति नआउला भन्न सकिदैन् ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.