राजनीतिक स्वार्थका लागि किन पत्रकारलाई गालि

पत्रकार राज्यको चौथो अंग हो । राज्यका हरेक गतिविधिहरु जनतासमक्ष प्रस्फुटित गर्ने काम पत्रकारको हो । पत्रकारले समाजमा हुने गरेका विभिन्न अनैतिक गतिविधि, अन्याय, अत्याचार, भ्रष्ट्राचार, विकृति, विसंगती लगायतका तमामौ विषयहरुमा कलम चलाउदै आएका छन् ।

maya metro hospital

राजनीतिक द्धन्दका बीच होस वा राजनीतिक दलका अन्य विभिन्न फण्डाहरुको उजागर गर्ने काम पनि पत्रकार को हो र सो काम पत्रकारहरुले गर्दै आईरहेका पनि छन् । देशमा संघियता आएर तिन तहका सरकार बनिसकेपछि पत्रकारहरुले समाजको विकासका लागी आवश्यक कुराहरु निष्पक्ष उठान गरिरहेका छन ।

joshi vada pasal 2

अपवाद केही पत्रकारहरुले पत्रकारीय मर्यादा विर्सिएका छन । बार्गेनिङ गरेर, कसैको खुट्टा मोलेर पत्रकारीता गरिरहेका छन । आफ्ना निकटस्थहरुकै सर्पाेटका लागी खोलिएका मिडियाहरु पनि तमामौ छन् । ति मिडियाहरुले सत्य र तथ्यपरक समाचारहरु बाहिर ल्याउनुको सट्टा निकटस्थले भनेकै भरमा समाचार प्रकाशित पनि गरिरहेका छन । निकटस्थको फेसबुक स्टाटसको समाचार, उसले भनेका हरेक कुराहरुको समाचार, उसले गरेका सानो कुराहरुको पनि समाचार बनाउने पत्रकारहरुले गर्दा पछिल्लो समय सबै पत्रकारहरुलाई त्यहि नजरले हेर्न थालिएको छ ।

raunak fals and silling

अहिले विभिन्न राजनीतिक दल निकट पत्रकाहरुका भातृ संगठन पनि छन । ति संगठनहरुको कार्य आफ्नो नेताले गरेका हरेक क्रियाकलापहरुको बचाउ गर्नु मात्रै छ । पत्रकारको पनि कुनै न कुनै राजनीतिक दलसँग विचार र सिद्धान्त मिल्न सक्छ, त्यसलाई अन्यथा लिईनुहुैन । तर त्यो पत्रकारले पेशालाई राजनीतिक मुद्धाहरुमा एकतर्फी डो¥याउन हुदैन् । त्यस्तो गर्ने व्यक्ति राजनीतिक दलको कार्यकर्ता हो त्यसलाई पत्रकार भन्न मिल्दैन् । पछिल्लो समय त्यस्तै गतिविधिले गर्दा पत्रकारहरुले चौतर्फी रुपमा गालि खाईरहनुपरेको अवस्था छ । पत्रकारका नाममा कलंकित मानिसहरुले गरेका क्रियाकलापले गर्दा सिंगो पत्रकारीता क्षेत्र नै बद्नामित भैरहेको छ ।

अहिले समाजका नागरिकहरुको चाहना पनि आफ्नो पक्षमा मात्रै समाचार बनोस भन्ने भएको छ । आफ्नो बारेमा समाचार बने नराम्रो तर आफुले भनेको कुरामा समाचार बने राम्रो भन्ने परिपाटी नागरिकमा विकसित भएको छ ।

अत्तरिया क्षेत्रकै पछिल्लो केही उदाहरणहरुले यही देखाएको छ । २०७४ सालको निर्वाचनमा निर्वाचीत जनप्रतिनिधिहरुले गरेका केही गलत विषयहरुको बारेमा लेखिएको समाचारका कारण पत्रकारलाई पुत्रकारको संज्ञा दिने मानिसहरुले आफुले हालेको स्टाटसको बारेमा समाचार लेखेन भनेर पत्रकारलाई होच्याउने र दुव्र्यवहार गर्ने गरेका छन । कुनै समय पुत्रकारको संज्ञा दिने व्यक्तिलाई पनि एक न एक दिन पत्रकारकै आवश्यकता पर्छ । र उनीहरु नै पत्रकारले समाचार लेखेनन् भनेर फेरी समाजिक सञ्जालमा कराउन थाल्छन ।

समाजमा हुने हरेक क्रियाकलापहरुको बारेमा जनतालाई सुसूचित गराउने काम पत्रकारको भएकाले त्यही क्षेत्रभित्र पर्ने त्यो मानवको हितका लागी पनि पत्रकारले काम गर्नै पर्ने बाध्यता हुन्छ । नराम्रो काम गर्ने पत्रकारहरुलाई तोकेरै गलत गरेको प्रमाण देखाउनुको सट्टा सम्पुर्ण पत्रकारहरुलाई एकै नगरले हेर्न खोज्नेहरुको नैतिकता पनि प्रष्ट रुपमा देखिएकै हुन्छ ।

समाजकै जिम्मेवार र ठुला भनाउदाहरुले पत्रकारहरुप्रति गर्ने व्यवहारको विरोध गर्न सम्पुर्ण पत्रकारहरु एकजुट हुन आवश्यक छ । राजनीतिक विचार र सिद्धान्त आफ्नो ठाउँमा छ तर पत्रकारमाथी उठाईने प्रश्नको उत्तर दिन सम्पुर्ण पत्रकार जगत नै एक ठाउँमा उभिनु पर्दछ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.