भवन चाडो बनाउ

कैलालीको गोदावरी नगरपालिकाका लामो सयम देखि भाडाको घरमा संचालन भइरहेको छ । जसले गर्दा अहिले लाखौं रकम कार्यालय भाडामा मात्रै खर्च हुँदै आइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि आफै भनव बनाउने प्रयास गरिएको भएपनि हालसम्म उक्त योजना साकार हुन सकेको छैन् ।

maya metro hospital

हाल नगरपालिकाको भवन क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले सुविधा सम्पन्न भवन बनाइरहेको हो । तर, भवन निर्माणको काम समयमा नसकिदा अहिले नगरपालिका माथी भाडाको व्यपिदै गइरहेको छ । हाल नगरपालिका संचालन गर्न मासिक १ लाख ४१ हजार ४ सय खर्च भइरहेको छ ।

joshi vada pasal 2
raunak fals and silling

गत बर्षको चैत महिनामै नगरपालिका भवनको काम सकिएको भन्दै नगरपालिकाका तत्कालिन जनप्रतिनिधिले उद्घाटन गरेका भएपनि १० महिना बितिसक्दा पनि निर्माणको काम सकिएको छैन् । ठेकेदारले यसको मुख्य दोषी क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी भएको बताउँदै आएको छ । ठेकेदारले ९ महिना देखि भूक्तानी रोकिदा काम गर्न नसकेको जनाएको छ ।

नगरपालिकालाई हस्तान्तरण नै हुन बाँकी उक्त भवन निर्माण गर्न सुरुमा सम्झौता गरिएको म्याद २०७८ साउन २० गते सकिएको थियो । तर, कोरोना लगायतका बिभिन्न कारण देखाउँदै भवनको काम अझै सम्म पनि पुरा हुन सकेको छैन ।

भवन निर्माणमा ढिलाई हुनुको कारण एकले अर्कोलाई दोषारोपण गर्ने कार्य चलिरहदाँ जनता भने उद्घाटन गरिएको भवन प्रयोगमा नआएको भन्दै आक्रोसित छन । जुन स्वभाविक छ । नगरपालिकाको नयाँ भवन उद्घाटन गरेएपछि मात्रै कार्यालय भाडामा मात्रै १४ लाख बढी खर्च भएको छ । जुन रकमबाट अन्य विकास निर्माणका काम गर्न सकिन्थ्यो । साथै समयमा भवन निर्माण भएमा जनताले पनि सुविधा सम्पन्न भवनमा सहज रुपमा सेवा पाउने थिए ।

त्यसैले सहरी विकास कार्यालयले भवन निर्माणको काम चाडो भन्दा चाडो सक्न हाल देखिएका अवरोध हटाउन आवश्यक छ । यसमा सम्बन्धित गोदावरी नगरपालिकाले पनि समयमा भवनको निर्माणको काम सक्न पहल गर्नु आवश्यक छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.