खाेज्नुहाेस

विपत्तिको जिम्मेवार नागरिक

Image

कैलालीको गोदावरी नगरपालिकाले मिति २०७९ असोज १२ गते खोला अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउन सूचना जारी ग¥योे । खोलानाला अतिक्रमण हुँदा पछिल्लो समय बजार क्षेत्रमा नै डुबानको जोखिम बढेको भन्दै नगरपालिकाले अतिक्रमण हटाउन सूचना जारी गरेको थियो । ९० दिनको म्याद राखेर जारी गरिएको सूचनामा नगरबासी स्वयम्लाई नै अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउन अनुरोध गरिएको थियो ।

गोदावरी नगरपालिकामा पछिल्लो समय प्राकृतिक स्रोतका रुपमा रहेका खोलानालाहरु अतिक्रमण हुने क्रम तिब्र छ । खोलानाला नजिकका घरधनी तथा जग्गा धनीहरुले खोलाको क्षेत्रफल रहेको जमिनलाई समेत अतिक्रमण गरेर खोलाको आकार साघुँरो बनाउन थालेका छन ।

attariya hospital

देश आधुनिकतातिर गएसँगै शहरी क्षेत्रमा जमिनको मुल्य आकाशिएपछि मानिसहरुले खोलानाला तथा वनजंगलको अतिक्रमण गर्ने क्रम बढेको हो । पहाड तिर भौतिक पुर्वाधार मात्रै नभई मानिसलाई भैपरि आउने कतिपय कुराहरुको अभाव हुन थाल्दा अहिले तराईतिर बसाई सरी आउने क्रम पनि तिब्र रुपमा मौलाउदै गएको छ ।

navjiwan hospital

त्यसैको कारण खोला नाला र वनजंगलको क्षेत्र अतिक्रमण गरी बासस्थानको लागी मानिसहरु प्रयोग गर्न थाले । जसले गर्दा यहाँका खोलानालाहरु पुरिदै जान थालेका छन । खोलानाला पुरिदाँ बर्षायाममा डुबानको जोखिम उच्च हुने भन्दै नगरपालिकाले खोलानाला अतिक्रमण रोक्न र अतिक्रमण गरी बनेका संरचना हटाउन सूचना जारी गरेको थियो ।

तर उक्त सुचनाको नगरबासीहरुले भने अवज्ञा गरेका छन । मंगलबार ९० दिन पुगिसक्दा सम्म कुनै पनि व्यक्तिले अतिक्रमीत संरचना हटाएनन् । जसले गर्दा नगरले पुनः पुष मसान्त सम्मका लागी सुचना जारी गरेको छ ।

खोलानाला प्राकृतिक सम्पत्ति हुन । यिनीहिरुको संरक्षण गर्नुको साटो मानिसहरुले विनास गर्दै गएका छन । अहिले तराईका क्षेत्रहरुमा डुबानको समस्या हुने मुख्य कारण नै यही हो । खोलानालाको आकार साघुँरिएपछि खोलामा बग्ने पानिको बेग फैलिएर बाहिर आउँछ, फलस्वरुप केही दिन पानि परे तराईका घरहरु डुबान हुन्छन ।

खोलाबाटै पिल्लर ठड्याएर निर्माण गरिएका संरचनाहरुका कारण भविष्यमा आईपर्ने प्राकृतिक विपत्तिको सामना स्वयम् व्यक्तिले नै गर्नुपर्ने छ । व्यक्तिगत स्वार्थका लागी निर्माण हुने त्यस्ता अवैध संरचनाहरुले सम्पुर्ण बजार नै जोखिममा छ । त्यसैले विपत्तिको जिम्मेवार नबनी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्राकृतिक सम्पत्तिहरुको सुरक्षामा ध्यान दिऔ ।