रवी जी, निर्मलाले न्याय पाउन्

कञ्चनपुरको भिमदत्त नगरपालिका – २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या भएको ४ वर्ष बितिसक्यो । २०७५ साउन १० गते गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मला ११ साउनको बिहान स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

maya metro hospital

उक्त घटना नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो । पीडितले न्याय पाउनुपर्ने भन्दै त्यससमय महेन्द्रनगरमा आन्दोलन नै चर्किएको थियो । स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन गर्न माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो ।

joshi vada pasal 2
raunak fals and silling

त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ । उक्त प्रतिवेदन पश्चात घटनाको छानबीन गरिरहेका प्रहरी अधिकृतहरु समेत निलम्बीत भएका थिए । प्रहरीले मानसिक अवस्था ठिक नभएका स्थानीय दिलिप सिँह बिष्टलाई अपराधी भन्दै सार्वजनिक गरेपनि स्थानीयले प्रहरीले असली अपराधीलाई बचाउन बिष्टलाई आरोप लगाएको भन्दै फेरी आन्दोलन गरेका थिए ।

निर्मला पन्तको उक्त घटनालाई सुरुदेखि नै पछ्याईरहेका र सरकारलाई मिडिया मार्फत घचघच्याईरहेका मिडियाकर्मी रवी लामिछाने अहिलेको सरकारका गृहमन्त्री भएका छन । उनले निर्मला पन्तले न्याय पाउनुपर्ने भन्दै निर्मलाको घरमै गएर उनको आमालाई भेटेका थिए । लामिछानेले टेलिभिजनमा कार्यक्रममा सञ्चालन गर्दा निर्मला पन्तलाई बलात्कार र हत्या गर्ने दोषी पक्राउ नपर्दासम्म आफूले निरन्तर फलो गर्ने बताएका थिए । उनले टेलिभिजनमा प्रसारण गरेका पटक पटकका रिपोर्टले निर्मला पन्तको बलात्कारी र हत्यारा ‘यही हो’ भन्ने किसिमका सन्देश समेत दिएका थिए ।

भलै हत्यारा पक्राउ नपरुन्जेल निरन्तर फलो गर्ने बताए पनि उनी आफैं पत्रकारिता छाडेर राजनीतिमा होमिए । पहिला हत्यारा कहिले पक्राउ पर्ला, कहिले पहिचान होला भनेर प्रश्न गरेका लामिछाने अहिले आफैं उत्तर दिने ठाउँमा आएका छन् । अब उनै लामिछानेको काँधमा निर्मला पन्तका हत्यारा पत्ता लगाउने जिम्मा आएको छ ।

आफैंले निरन्तर फलो गर्दै पन्तलाई न्याय दिने बताएका लामिछानेको काँधमा पन्तका हत्यारा पत्ता लगाउने चुनौती आइलागेको छ । निर्मलाको न्यायका लागी मिडियामार्फत सबैभन्दा बढी जागरुक बनेका छामिछाने गृहमन्त्री भएसँगै सुदूरपश्चिमबासीलाई निर्मलाले न्याय पाउँला भन्ने आशा जागेको छ । मिडियामार्फत नै निर्मलाको न्यायका लागी बिगुल फुक्ने लामिछाने नेतृत्व तहमा पुगिसकेका छन । अब उनी पुरानै शैलीमा जागरुक बनी निर्मलाका हत्यारालाई पक्राउ गर्न अवश्य पनि सफल होउन् ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.