आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गरौँ

नेपाल सार्वभौम सम्पन्न राष्ट्र हो । यहाँ जनताको हक र अधिकारको प्रत्याभुति हुने गरेर संविधान बनेको छ । संविधान अनुसार नै हरेक नागरिकले आफ्नो हक र अधिकार पाएको छ र पाउनु पनि पर्दछ । संविधानको उल्लंघन गर्ने व्यक्तिले कानुनतः कारबाहीको पनि भागेदार बन्नुपर्दछ । तर सोही कानुनमा लेखिएका हक अधिकारहरु पाउन आजकल आन्दोलन गर्नुपर्ने अवस्था देशमा आएको छ ।

maya metro hospital

जुनसुकै कुराहरुका लागी भएपनि आन्दोलन गर्नुपर्ने परिपाटीकोे विकास भएको छ नागरिकमा । र त्यस्को जिम्मेवार पनि सरकार नै बनेको छ । सरकारले नागरिकका ईच्छा र चाहना अनुसारका गतिविधिहरु नगरेकै कारण बेलाबखतमा आन्दोलनको भुमरीमा पर्नुपर्ने अवस्था सिर्जना हुने गर्दछ । कुनै घटनाको न्याय पाउन होस, मुल्यबृद्धिका विरुद्ध होस या अन्य कुनै कारणहरु हुन, समस्या समाधानका लागी आन्दोलन गर्नैपर्ने अवस्था मौलाएको छ ।

joshi vada pasal 2
raunak fals and silling

शनिबार मात्रै कैलालीको अत्तरियामा व्यवसायीहरुले एक घण्टा सडकमा चक्काजाम गरे । पुष ३ गते साँझ व्यवसायी विकास सुनार माथी गोलि हानेर सुटर फरार भएपछि अपराधीलाई कानुनको दायरामा ल्याउनुपर्ने माग सहित व्यवसायीहरुले चक्काजाम गरेका थिए । घटनाको २ दिनसम्म शान्त रहेका व्यवसायीहरुले प्रशासनले अनुसन्धानमा लापरबाही गरेको भन्दै त्यसपछि आन्दोलनका कार्यक्रमहरु सुरु गरेका थिए । शुक्रबार टाउको र हातमा कालो पट्टि बाँधेर विरोध प्रर्दशन गरेका उनिहरुले शनिबार चक्काजाम गरेका थिए भने आईतबार चक्काजामलाई निरन्तरता दिदै बजार बन्द गर्ने जनाएका छन ।

यस्ता उदाहरणहरु लाखौ छन । नेपालमा कुनै मागलाई सम्बोधन गर्नुपर्दा आन्दोलन नै गर्नुपर्छ भन्ने नागरिकले सोचेका छन । हुन त नागरिकलाई यस्तो सोच्न बाध्य पार्ने पनि सरकार नै हो । नागरिकको सुरक्षार्थ खटिएका सुरक्षानिकायहरुले आफ्नो काम स्वस्फुर्त, जिम्मेवार र ईमान्दारीतापुर्वक गरेको भए, नागरिककै सहजताका लागी स्थापित अन्य निकायहरुले आफ्नो काम ईमान्दारीताका साथ गरेको भए नागरिकलाई आन्दोलन गर्नुपर्ने अवस्था आउदैनथ्यो होला ।

तर यहाँ हर कुरामा भ्रष्टाचार मौलाउदा अपराधीहरु अपराध गरेर खुल्लम खुल्ला हिड्ने गरेका छन । त्यसैकारणले नागरिकले सडक देखी आवाज उठाउन परेको छ । विगतको कुराहरुलाई बिर्सेर आगामी दिनमा सरकारले नागरिकका जायज मागहरु आन्दोलन नगरीकनै पुरा गर्न सक्नुपर्छ । नागरिकले गर्दा र नागरिककै लागी बनेको सरकारले नागरिकलाई समस्या समाधानका लागी आन्दोलन गर्नुपर्ने वातावरणको अन्त्य गर्नुपर्छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.