साना किसान मालाखेती सहकारीमा चोरी गर्न चोरको अनौठो योजना

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको साना किसान कृषि सहकारी मालाखेतीको लकर तोडेर ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरी भयो । अत्तरिया चोक देखि उत्तर तर्फ राजमार्ग संगै जोडिएको सुविधा सम्पन्न आफ्नै भवनमा सिसिटिभि क्यामेरा जडित सहकारीबाट चोरले अनौठो तरिका अपनाएर चोरी गरेको छ ।

maya metro hospital

सहकारीले चोरी हुनबाट जोगिन चारैतिर सिसिटिभि क्यामेर र पैसा राख्ने निकै बलियो ७ क्युन्टलको लकर राखेको थियो । जुन लकर चोर भित्र पसिहाले पनि हटपत्त फुटाउन सम्भव थिएन् । तर, चोरले चोरी गर्न अपनाएको योजना देखेर सहकारी व्यवस्थापक नै छक्क परेका छन् । ‘चोरले पहिले देखि नै योजना बनाएर चोरी गरेको देखिन्छ’ सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले भने ‘जुन तरिकाले चोरी भएको छ त्यो योजना र सहकारीको जानकारीको बारेमा थाहा नभएर सम्भव छैन ।’

joshi vada pasal 2

सटर फुटाएर सिधै लकर सम्म पुग्न सकिने भएपनि चोरले प्रमाण लुकाउन झ्यालको ग्रिल फुटाएर मुख्य प्रवन्धनको कोठामा पसेको प्रहरीले जनाएको छ । त्यो कोठामा प्रवेश गर्नुको मुख्य उद्देश्य सिसिटिभि क्यामेरा बन्द गर्नु थियो । तर, चोरले क्यामेरा मात्रै बन्द नगरेर क्यामेराको रेकर्ड हुने डिभाइस समेत चोरेर लगेको छ ।

चोरले प्रबन्धकको कोठाबाट सहकारीको ग्यालरिमा निस्किन अर्को झ्यालको ग्रिल निकालेको छ । त्यहाबाट ग्यालरिमा पसेको चोरले पैसा भएको लकर कोठामा छिर्न पुनः अर्को कोठाको ताला फुटाएका छन ।

त्यहाबाट लकरमा सम्म पुगेको चोरले निकै बलियो लकर पनि धेरै तोडफोड नगरी सानो प्वाल पारेर चोरेको पाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टले बताए । उनले चोरले योजनावद्ध तरिकाले चोरी गरिएको जस्तो देखिएको बताए । लकर फुटाएर पैसा निकालेको चोरले अन्य कुनै पनि सामानमा क्षति नपुगाएको उनले बताए । उनले चोरले क्यामेराको डिभाइस नै लगेकाले अनुसन्धानमा जतिलता थपिएको बताए ।

उनले सडकमा जडान भएका अन्य क्यामेराको फुटेज चेकजाँच गरेर अनुसन्धान गरिरहेको बताएका छन् ।

सम्बन्धित समाचार :  सानाकिसान मालाखेतीको लकर तोडेर ५ लाख बढी चोरी

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.