सानाकिसान मालाखेतीको लकर तोडेर ५ लाख बढी चोरी

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको साना किसान कृषि सहकारीको लकर तोडेर ५ लाख बढीको चोरी भएको छ । झ्यालको ग्रिल निकालेर भित्र पसेको चोरले लकर टुटाएर ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरेर लगेको हो ।

maya metro hospital

सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बिहान सहकारीमा सफाइ कर्मचार आउँदा चोरी भएको थाहा पाएको बताए । उनले सहकारीमा सिसिटिभि क्यामेरा जडान गरेको भएपनि चोरले क्यामेराको डिभाइस नै चोरेर लगेको बताए ।

joshi vada pasal 2

अहिले प्रहरी सहकारीमा पुगेर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टले चोरले सहकारीको सिसिटिभि क्यामेरा चोरेर लगेकाले सडकमा जडान भएका अन्य क्यामेराको फुटेज चेकजाँच गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.