अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ मजगाउँकी सुस्मा चौधरी हाल २६ वर्षकी भईन् । कलिलो उमेरमै कृषिमा जमेका सुस्मा अहिले मासिक करिब १ लाखको हाराहारीमा आम्दानी गर्छिन् । उनलाई उनका श्रीमान विरेन्द्र चौधरीले साथ दिईरहेका छन । करिब ५ वर्ष अघि वैवाहिक बन्धनमा बाधिएका सुस्मा र विरेन्द्र विहेलगत्तै व्यवसायीक रुपमा कृषि काम गर्न होमिएका हुन् ।

‘कृषि काम हुन त पैलादेखि नै घरमा गर्नुहुन्थ्यो, तर व्यवसायीक रुपमा हुन सकेको थिएन’ सुस्माले भनिन् ‘हाम्रो विहे भएपछि व्यवसायीक रुपमा कृषि गर्न सुरु गरेका हौ, कृषिका लागी मैले नजिकै रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाबाट ऋण लिएकी थिए ।’ उनले सहकारीबाट ऋण लिएर थालनी गरेको व्यवसायले नै अहिले जिविकोपार्जन गर्न सहज भएको बताईन् । विरेन्द्र र सुस्माको जोडीले कृषिमा तरकारी खेती र कुखुरा पालन गरिरहेका छन ।

सुस्माले तरकारी खेती हेर्ने गरेकी छन भने उनका श्रीमान विरेन्द्रले कुखुरा पालनको काम हेर्छन् । ‘सुरुमा मौषमी तरकारी खेती मात्रै गर्ने गर्दथ्यौ, बेमौषमी तरकारी खेती गर्न आउदैनथ्यो’ उनले भनिन् ‘तर अहिले सबै प्रकारका मौषमी र बेमौषमी तरकारीहरु उत्पादन गरिरहेका छौ, बेमौषमी तरकारी उत्पादनका लागी सृजनशिल सहकारीबाट सञ्चालीत किसान परियोजना र युएसएआईडी नामक संस्थाले तालिम दिएको हो ।’
उनले तालिमका कारण तरकारी खेतीमै आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको बताईन् । तरकारी खेती सुरु गर्दा खेरी करिब ५० हजार जति मात्रै लगानी लागेको उनले बताईन् । ‘पहिला त लगानी नै लागेन, जब बेमौषमी तरकारी खेती सुरु ग¥यौ त्यसपछि ५० हजार जति लगानी लाग्यो’ उनले भनिन् ‘अहिले बारीमा टमाटर, खुर्सानी, काउली, बन्दा र प्याज छन । काक्रा र बोडि भने भरखर उम्रिरहेका छन ।’
उनले काक्रा र बोडिका लागी आफैले ३ वटा टनेल बनाएकी छन । सुस्माका श्रीमान विरेन्द्रले विशेषत कुखुरामा ध्यान दिन्छन । तरकारीको विक्रि वितरण गर्ने जिम्मा पनि उनैको हो । ‘खुद्रा खरिद गर्ने मानिस त घरमै आउने गर्छन’ सुस्माले भनिन ‘थोक विक्रिका लागी भने अत्तरिया लैजानुपर्छ, सो काम श्रमिानले गर्नुहुन्छ ।’ उनले दैनिक १ देखि डेढ क्विन्टल तरकारी बिक्रिका लागी बजार पठाउने गरेको बताईन् ।
विरेन्द्रले कुखुरा पालेर त्यसबाट अण्डा विक्रि गर्ने काम गर्दछन । २०७७ वैशाखमा हालेका बोभेन ब्राउन जातको कुखुराबाट आफुले मासिक करिब ४० हजार भन्दा बढी कमाउने गरेको विरेन्द्रले सुनाए । ‘यो जातको कुखुराको उमेर २ वर्षको हुन्छ, मैले हालेको २ वर्षभन्दा बढी भैसक्यो’ उनले भने ‘यसबाट अहिले दैनिक ८ सय देखी साढे ८ सय जती अण्डा उत्पादन भैरहेका छन, सो अण्डाबाटै मैले आम्दानी गर्ने गर्दछु ।’ उनले अण्डाको विक्रिवितरण दैनिक रुपमै गर्ने गरेको बताए । उनले अण्डा विक्रिका लागी भने अत्तरिया नभई राजपुर र मनेहरा जाने गरेको सुनाए ।

विरेन्द्रले अण्डा मात्रै नभई तरकारी पनि आफैले बजार पु¥याउँछन । सुस्माले उत्पादन गरेको तरकारी अत्तरिया बजार पु¥याएर आफु अण्डा विक्रिका लागी जाने गरेको उनले बताए ।
बुढाबुढीको आम्दानीबाटै घरखर्च चलेको विरेन्द्र सुनाउँछन । ‘६ जनाको परिवार छ, सबैको पालन पोषण यहीबाट भएको छ’ उनले भने ‘व्यवसायीक रुपमा कृषि काम गर्दा नोक्सान बेहोर्न पर्दैन भन्ने कुराको ज्ञात भएको छ ।’
सहकारीबाट सुरुवाती चरणमा ५ लाख ऋण लिएर व्यवसाय सुरु गरेका सुस्मा र विरेन्द्रले अहिले मासिक करिब १ लाखको हाराहारीमा आम्दानी गर्ने गरेका छन । उनीहरुले आफ्नै ८ कट्टा जमिनमा उक्त कार्य गरेका छन । उनीहरुलाई सरकारबाट पाईने अनुदानको मतलब छैन । सुरु देखि नै तरकारी खेती गरेकी सुस्माले फर्म खोलेकी छैनन, उनले फर्म बिना नै कृषि काम गरिरहेकी छन । तर उनका श्रीमान विरेन्द्रले भने आशिष पोल्ट्री फर्म दर्ता गरेर सो मार्फत कुखुरा पालन गरिरहेका छन । करिब ११ लाख लगानी लगाएको कुखुरापालन व्यवसायलाई निरन्तरता दिई फेरी कुखुरा थप्ने योजना विरेन्द्रले सुनाए । उनले हाल अण्डाको मुल्यका कारण भने चित्त दुखेको बताए । ‘दानाको मुख्य आकाशिसक्यो, चल्ला हाले कति मर्छन’ उनले भने ‘तर अण्डाको भाउ बढ्न सकेको छैन । अहिले पनि क्रेटको ३५० देखि ३८० सम्ममा विक्रि गर्ने गर्दछु ।’
करिब ५ वर्ष अघि विवाहबन्धनमा बाधिएका सुस्मा र विरेन्द्र दुवैले प्लट टु सम्मको अध्ययन गरेका छन । विवाहपछि घरपरिवारको जिम्मेवारी थपिदाँ दुवैले पढाई छोडेर कृषिलाई अंगाले । हाल कृषिमै लगाएको मेहनतले नै उनिहरुलाई व्यवसायीक रुपमा उत्कृष्ट किसान बनाउन सफल भएको छ । व्यवसायीक रुपमा कृषि काम गरेर नै आत्मनिर्भर बनेको जोडी विरलै भेटिन्छन । श्रीमान श्रीमतीको कृषि मोहले अहिले सुस्मा र विरेन्द्रले राम्रो कमाई गरिरहेका छन । नेपालमा रोजगार नभएको भन्दै काम गर्न विदेश पलायन हुने युवायुवतीहरु माझँ सुस्मा र विरेन्द्रको जोडी गतिलो उदाहरण बनेर उदाएको छ ।
यता सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी व्यवस्थापक गौरी चौधरीले महिलाहरुको आर्थिक विकास र उत्थानका लागी नै संस्थाले काम गरिरहेको बताईन् । ‘महिला सहकारी हो, महिलाहरुको आर्थिक स्तरमा वृद्धि गरि उनिहरुको आम्दानी कसरी गर्ने र उनिहरुको आथिक स्तर कसरी सुधार्ने भन्ने लक्ष्य रहेका साथ स्थापना भएको हो’ उनले भनीन ‘सोही अनुसार महिलाहरुलाई स्थापना देखि नै महिलाहरुलाई विभिन्न व्यवसायीक कार्यहरुमार्फत अग्रसर बनाउदै गएका छौ ।’
उनले अप्ठ्यारो अवस्थामा रहेका महिलाहरुका घरमै गएर त्यस्ता महिलाहरुको जिवनस्तर उकास्न सफल भएको बताईन् । उनले संस्थाले महिलाहरुलाई विभिन्न व्यवसायीक कार्यहरुका लागी विना धितो ३ लाख र धितोमा १० लाख सम्म ऋण दिने गरेको बताईन् । उनका अनुसार सहकारीबाट ऋण लिएका करिब २ जना महिलाहरुले अहिले पनि विभिन्न किसिमका व्यवसायीक कामहरु गर्दै आएका छन ।
उनले महिलाहरुका लागी संस्थाबाट मात्रै नभई अन्य विभिन्न निकायहरुबाट पनि सहयोगका लागी पहल गर्ने गरेको बताईन् । उनले संस्थाको सुरुवाती चरणमा तरकारी नै नदेखिने ठाउँमा पनि अहिले व्यवसायीक रुपमा तरकारी खेती भएको देख्दा खुसी लाग्ने गरेको बताईन् ।
