असुरक्षित बन्दै अत्तरिया, बेकामे प्रविधि

अत्तरिया – कैलालीको अत्तरियामा सशस्त्र प्रहरीको बाहिनी देखि करिब १ सय मिटर र इलाका प्रहरी कार्यालय देखि करिब ७ सय मिटरको बीचमा पर्ने राजमार्ग मै आइतबार गोली चल्यो । जबकी गोली चलेको स्थान सशस्त्र प्रहरीको २४ घण्टा ड्युटी हुने हाइपोस्टबाट स्पष्ट देखिन्छ । सो बीचमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय पनि रहेको छ । दिनदाहडै हत्या गर्ने उद्देश्यका साथ हतियारधारीले प्रहरीको आँखै अगाडी गोली बर्षाएर सडकमा लछारेर लुटपाट गरे ।

maya metro hospital

लगतै सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी पुगेपनि लुटेरा भने आफ्नो मिसनमा सफल भएर भागिसकेका थिए । प्रहरीकै घेरामा रहेने सो क्षेत्रमा भएको हत्या प्रयास र लुटपाटको घटनाले अहिले अत्तरियाको सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह खडा गरेको छ ।

joshi vada pasal 2

घटना स्थलका प्रत्यक्षदर्शी बनेका हेमराज जोशीले सशस्त्र प्रहरीको अगाडी यसरी गोली प्रहार गरेर लुटपाट होला भनेर कल्पना पनि नगरेको बताए । ‘पटाका पट्के जस्तो आवाज आयो । टायर पट्किएको होला भनेर वास्ता गरेन् । पछि मोटरसाइकल रोड किनारामा ढल्यो ।

त्यसपछि पनि दुर्घटना भयो भनेर उठाउन गएको थिए’ उनले भने ‘अर्को मोटरसाइकलमा हेल्मेट लगाएर आएका २ जनाले बाइकबाट ढलेका व्यक्तिलाई अर्को गोली हाने । उनी संग भएको ब्याग लिएर भागे ।’ अर्को प्रत्यक्षदर्शीले एक डेढ मिनेट भित्रमै गोली चलाएर लुटपाट गरी मोटरसाइकलमा आएका २ जना फरार भएको बताए । उनका अनुसार गोली प्रहार गरी लुटपाट गरेपछि उनीहरु अत्तरिया बजार तर्फ नै भागेका थिए ।

गोली प्रहारबाट अत्तरियामा सुनचाँदीको व्यवसाय गर्दै आएका विकास सुनार अहिले घाइते अवस्थामा छन । सुनारको घर गौरीगंगा नगरपालिका – १ सुख्खड भएपनि उनी अत्तरियामै घटना भएको स्थान नजिकै सशस्त्र बाहिनी अगाडी बस्दै आएका थिए ।

अत्तरियामा पसल बन्द गरेर घरमा जादै गरेका सुनारमाथि उनको पसल अगाडीबाट २ जनाले पिछा गरेको प्रहरीको दावी छ । सुनार पसलबाट हिड्ने बितिकै त्यहीबाट २ जनाले पिछा गरेको नजिकै रहेको बैंकको सिसिटिभि क्यामेरामा देखिएको प्रहरीले जनाएको छ । स्थानीयले बताए अनुसार हेलमेट लगाएका २ जना सवार मोटरसाइकलले सुनारको पिछा गरेको बैंकको सिसिटिभिमा देखिएपनि स्पष्ट नदेखिएको इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीले बताएका छन ।

सुनार संगै मोटरसाइकलमा सवार रहेका व्यक्तिले पनि अत्तरियाबाटै एक मोटरसाइकलले पिछा गरेको बताएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टले बताएका छन । सुनार संगै मोटरसाइकलको पछाडी सवार भने सकुशल रहेको उनले बताए ।
प्रहरीकै अगाडीबाट हतियार सहित सुनारको पिछा गरेर लुटपाट गरिएपनि लुटेरा पक्राउ परेका छैनन् । घाइतेको साथबाट लुटेराले ३५ तोला सुन लुटपाट गरेको प्रहरीले जनाएको छ ।

बेकामे प्रविधि

raunak fals and silling

प्रहरीको घेरा भित्र आफ्नो मिसनमा सफल गरेका लुटेरा सिसिटिभी क्यामेराबाट समेत जोगिएका छन । अत्तरिया चोकमा जडान भएका सहित बजार क्षेत्रमा रहेका १६ वटा सिसिटिभि क्यामेराको मनिटरिङ स्टेसन इलाका प्रहरी कार्यालय मालाखेतीमा रहेको छ ।

करिब डेढ बर्ष अगाडी मात्रै पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले १३८ स्थानमा सिसिटिभि क्यामेरा जडान गरेको थियो ।

अत्तरिया चोकमा जडान गरी बिग्रीएको क्यामेरा

ति क्यामेरा मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेतीमै एक कार्यक्रम गरी २०७८ असोज ३ गते प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको थियो । १ करोड ७१ लाख ३१ हजार २ सय ५२ रुपैयाँमा जडान गरिएका ति क्यामेरा अहिले काम नलाग्ने भएका छन ।

ति मध्ये १६ क्यामेराको मनिटरिङ इलाका प्रहरी कार्यालयमा भएपनि ति काम नगर्दा अहिले लुटेरा पक्राउ गर्न समस्या भएको प्रहरी निरिक्षक भट्टले बताए । उनले बिग्रेका क्यामेर मर्मतका लागि बिभिन्न निकायमा धाएपनि मर्मत नभएको बताए । उनले अहिले अन्य ठाउँका रहेका क्यामेराका फुटेजको अनुसन्धान गरिरहेको बताए ।

असुरक्षित व्यवसायी

दिनदाहडै भएको गोलिकाण्ड पछि अहिले अत्तरियाका व्यवसायीले असुरक्षित महशुस गरेका छन । सुनचाँदी व्यवसायीले पसल नै बन्द गरेका छन । सुनचाँदी आभुषण व्यवसायी संघ अत्तरिया उपसमितिले प्रेस विज्ञप्ती जारी गर्दै व्यवसाय गर्न असुरक्षा भएको जनाएको छ । विज्ञप्तीमा दिनदहाडै सुरक्षाकर्मीको नजिकै भिडभाड युक्त ठांउमा व्यापारी माथि ज्यान मार्ने उद्देश्यका साथ लुटपाट गर्ने किसिमले भएको आक्रमणको भत्र्सना गरिएको छ ।

संघका उपाध्यक्ष मनोज सदासंकरद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको स्वच्छ छानविन गरी यथासिघ्र दोसीलाई हिरासतमा लिई कानुनी कारवाही गर्न माग गरिएको छ ।

‘सांघातिक आक्रमण तथा लुटपाटका विरुद्ध डर त्रास मुक्त वातावरणमा व्यापारीहरुले निर्धक्क आफ्ना कारोवार सञ्चालन गर्न पाउने वातावरणको सृर्जना गरिदिन हुन सरोकारवाला निकायहरुलाई झकझक्याउन कैलाली सुनचादी आभुषण व्यवसायी संघ उपसमिति अत्तरिया सदैव उद्योगी व्यापारीहरुको हितमा रहेको र रही रहने प्रतिज्ञा गर्दै सम्पूर्ण व्यापारी उद्योगीहरुलाई आवश्यक परे एकतावद्ध भई कानुनी उपचारका लागि हातेमालो गर्न तम्तयार हुन पनि हार्दिक अनुरोध गरिन्छ’ ज्ञापन पत्रमा भनिएको छ ‘दोसीहरुलाई प्रक्राउ गर्न आलटाल वा ढिलासुस्ती हुन गएमा व्यापारिक हकहितका लागि संघर्षका थप कार्यक्रमहरु गर्न वाध्य हुनेछौ ।’

यसैबिच अत्तरिया उधोग बाणिज्य संघले पनि सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अत्तरियामा ज्यान लिने उदेश्यले व्यबसायी माथि गोली प्रहार घटनाको बिरोध गर्दै सुरक्षा माग गरेको छ । संघका अध्यक्ष अशोक देवकोटाद्वारा हस्ताक्षरित विग्यप्ती मार्फत घटनाको भत्र्सना गर्दै दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.