साइकलको यात्रा सुरक्षित बनाऔं

विश्वका धनाढ्य देशले साइकलको यात्रालाई प्रोत्साहन गरिरहेका छन । विकसित देशका मुख्य सहरहरुमै साइकलका लागि छुट्टै लेनको व्यवस्था गरिएको हुन्छ । व्यायाम पनि हुने र वातावरणमैत्री भएकाले यसलाई प्रोत्साहन गरिन्छ ।

maya metro hospital

तर, नेपालमा भने साइकलको यात्रा निरुत्साहित भइरहेको छ । एकातिर यहाँ ठूला सवारी साधन किन्न नसक्ने विपन्न वर्गले मात्रै साइकल चलाउने हो भन्ने मानसिकता छ भने अर्को तिर सडकमा चल्ने साइकलका लागि कुनै व्यवस्थापन नहुँदा जोखिममा छन् ।

joshi vada pasal 2

सुदूरपश्चिमका कैलाली, कञ्चनपुरका बजारमा पनि बढीजसो विद्यार्थी र मजदुर वर्गले साइकल चलाउने गरेका छन् । तर, यस क्षेत्रमा कतै पनि साइकलका लागि भनेर लेन भने छुट्याइएको छैन् । जसले गर्दा साइकल पनि ठूला सवारी साधन चल्ने सडकमै चलाउनु पर्ने बाद्यता छ । न साइकल चलाउन प्रोत्साहन दिने कार्यक्रम गरिएका छन न साइकल चलाउनेको सुरक्षाका लागि कुनै काम भएको देखिन्छ । जसले गर्दा अहिले साइकल जोखिममा छ ।

साइकल गन्तव्यमा पुगाउने मात्रै नभएर यसका अन्य धेरै फाइदा छन । त्यसैले साइकल प्रयोगको लागि प्रोत्साहन दिनुका साथै यसको सुरक्षाका लागि पनि ध्यान दिन जरुरी छ । जसका लागि अहिलेकै सडक संरचनामा पनि कसरी साइकलको यात्रालाई सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा यसका प्रयोगकर्ताहरुलाई जानकारी दिन आवश्यक छन । जसले धेरै हदसम्म यसको जोखिम न्यूनिकरण गर्न मदत गर्छ ।
त्यसका लागि ट्राफिक नियमको बारेमा जानकारी दिने, साइकल कति स्पिडमा चलाउने, कम उज्यालो भएको समयमा कस्तो लुगा लगाएर साइकल चलाउने, रिफ्लेक्टिङ टेप लगाउने, कुन दिसाबाट बाटो काट्ने लगायतका बारेमा जानकारी दिन आवश्यक छ । त्यस्तै दिर्घकालिन रुपमा साइकल मैत्री सडक बनाउनको लागि सडकको किनारामा साइकल लेन बनाउन आवश्यक छ । त्यसका लागि सडक किनारामा साइकल चलाउनको लागि छुट्टै लेनको व्यवस्था गर्न सकिन्छ ।

यहाँ राजमार्गमा पनि मानिसहरु साइकल चलाउने भएकाले उनीहरुको सुरुक्षाका लागि राजमार्ग किनारामा पनि छुटै लेनको व्यवस्था गर्न आवश्यक छ ।

जसका लागि निकै ठूलो धनराशिको पनि आवश्यकता पर्दैन । जसका लागि हाल राजमार्ग किनारामा धुलाम्मे क्षेत्रलाई व्यवस्थापन गरी साइकल, ह्युलचियर चलाउन मिल्ने बनाउन सकिन्छ । यसका लागि सम्बन्धित स्थानीय तहले पनि यसको व्यवस्थान गर्न सक्छन ।

कम उमेरका टिनेजहरुले जानकारी हुँदा–हुँदै पनि साइकल चलाउँदा ध्यान दिनुपर्ने कुराको बेवास्ता गरेको पनि पाइन्छ । त्यसका लागि घर परिवारबाट पनि विशेष निगरानी राख्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.