खाेज्नुहाेस

अपांगता भएका व्यक्तिलाई सम्मान गरौं

Image

शनिबार देशभर ३१ औं अन्तरराष्ट्रिय अपांगता दिवस मनाईयो । ‘दिगो विकासको लक्ष्य : अपाङ्गता मैत्री भविष्य’ भन्ने मुल नाराका साथ अपांगता भएका व्यक्तिका हकहितका लागी आवाज उठाउने विभिन्न संघसंस्थाहरुले दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु गरे ।

अपांगता सम्बन्धी क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले प्रत्येक वर्ष अपांगता दिवस मनाउने गरेका छन । दिवसका दिन विभिन्न कार्यक्रमहरु गरिन्छन, ¥यालीहरु गरिन्छन, विभिन्न नाराहरु लगाईन्छन, तर अपांगता भएका व्यक्तिका समस्या ज्यूकात्यू छन । अपांगता भएका व्यक्तिहरुले आफ्ना हक र अधिकारबाट कुन्ठित भएर बस्नुपर्दछ तर तिनकै नाममा देशको उच्चस्थ तहमा पुगेका मान्छेहरुले तिनिहरुलाई विर्सिसकेका छन, याद गर्छन त केवल दिवसमा ।

attariya hospital
navjiwan hospital

अपाङ्गता भएका व्यक्ति विरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरुको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्मान गर्न तथा अपाङ्गता भएका व्यक्तिलाई सशक्तीकरण गरी नीति निर्माण र विकास प्रक्रियामा सहभागी गराई स्वावलम्बी र सम्मानजनक जीवनयापनको वातावरण सुनिश्चित गर्ने कुरा संविधानमा उल्लेख गरिएको छ ।

नेपालको संविधानमा अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ मा उक्त कुराहरु दर्शाइएको छ । अपांगता भएका व्यक्तिलाई हेपेमा, घृणा वा तिरस्कार गरेमा तथा अपांगता भएका व्यक्तिप्रति अनैतिक क्रियाकलाप गरेमा सजायको व्यवस्था कानुनमा छ । उक्त ऐनमा अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको आधारमा भेदभाव वा निजलाई वैयक्तिक स्वतन्त्रताबाट बञ्चित नगरिने पनि लेखिएको छ ।

तर नेपाली समाजमा अपांगता भएका व्यक्तिमाथी गरिने व्यवहार फरक छ । नेपाली समाजले अपांगता भएका व्यक्तिलाई माया र सद्भावको साटो दया र घृणाको नजरले हेर्छ । सम्मानको साटो तिरस्कार गर्छ । तर पनि नेतृत्व तह चुप लागेको बसेको छ । संविधानको उल्लंघन गरी अपांगता भएका व्यक्तिहरुप्रति कसैले पनि नराम्रो व्यवहार गरे त्यसलाई कानुनको दायरामा ल्याउन जरुरी छ ।

सरकारले तदारुकता देखाई अपांता भएका व्यक्तिहरुप्रति माया र सम्मान देखाउने परिपाटीको विकाश गर्न आवश्यक छ । अपांगता भएका व्यक्तिलाई अन्य मानिस सरह नै जिवन जिउन पाउने अधिकार भएकाले हेला र तिरस्कार नगरी उनिहरुलाई सद्भाव र सम्मान गर्ने बानीको विकास गरौ ।