अत्तरिया – प्रतिनिधि सभा निर्वाचनमा बाजुरामा नेपाली कांग्रेस र नेकपा एमाले वर्चश्व देखिएको छ । प्रतिनिधि समामा ५ जना उम्मेदवार बनेका भएपछि कांग्रेस एमालले मात्रै ९९ प्रतिशत भन्दा बढी मत ल्याएका छन । कुल सदर मत ५८ हजार ५२९ मध्ये कांग्रेस एमाले ५८ हजार १३५ मत ल्याएका छन भने अन्य ३ उम्मेदवारको मत जोड्दा ३९४ मात्रै पुग्छ । जुन कुल सदर मतको शुन्य दशमलव ६७ प्रतिशत मत हो । बाजुरमामा कांग्रेसले ५४ प्रतिशत र एमाले ४५ प्रतिशत मत ल्याएका छन ।
बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डे निर्वाचित भएका छन । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेहका हुन् । पाण्डेले ३१ हजार ७ सय ८६ मत पाउँदा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् ।


प्रतिनिधि सभा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका जंग कुमार गिरीले २०७, स्वतन्त्र उम्मेदवार टेक बहादुर बडुवालले ११४ र जनसमाजवादी पार्टी नेपालका राम बहादुर शाहीले ७३ मत पाएका छन । बाजुरामा प्रतिनिधि सभामा एमालले ०७० र ०७४ एमाले चुनाव थियो भने ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो ।
दुई पार्टीको मात्रै वर्चश्व रहेको यो क्षेत्रमा चुनावका समयमा भने पटक पटक विवाद हुँदै आएको छ । यहाँ ठूला दुवै पार्टीले आफ्नो पकड बढी भएको क्षेत्रमा बुथ नै कब्जा गर्ने गरेका कारण विवाद हुने गरेको छ ।
मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनकै क्रममा २ जनाको ज्यान गएको थियो । २०७४ सालको स्थानीय निर्वाचनमा मनोनयनकै क्रममा पनि झडप हुँदा १ जनाको मृत्यु भएको थियो । उक्त निर्वाचनमा पनि आ– आफ्नो पकड भएको क्षेत्रमा कांग्रेस एमालेले बुथ कब्जा गरेका थिए ।



















