बाजुरा – बाजुरामा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेले एमालेका कर्णबहादुर थापाभन्दा २ हजार २२४ मतको अग्रता लिएका छन् ।

पाण्डेले ११ हजार ७६ मत प्राप्त गरेका छन् भने थापाले ८ हजार ८५२ मतसहित पाण्डेलाई पछ्याइरहेका छन् ।

हाल सम्म हिमाली गाउँपालिका सबै बडिमालिका सबै वडा, स्वामिकार्तिकका वडा नम्बर ४, ५ , ३ बुढिगंगा ३, १० ,२ त्रिर्बेणि १, २ ,९ को मतगणना सकिएको छ ।
बाजुरामा ६० हजार १५२ मत खसेको थियो ।


















