खाेज्नुहाेस

समानुपातिक मतगणना १ करोड ४ लाख पुग्नैलाग्दा कुन दललाई कति मत ?

Image

प्रतिनिधिसभा समानुपातिक तर्फको मतगणना १ करोड ४ लाख पुग्नै लागेको छ । हालसम्म १ करोड ३ लाख ९२ हजार ९३४ मतगणना हुँदा नेकपा एमाले २७ लाख ७९ हजार ७६ मतका साथ अग्रस्थानमा छ ।

navjiwan hospital

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत पाएको छ ।

attariya hospital

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार १५५ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २७ मत पाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ४ लाख २० हजार ९३८ मत पाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ३६८ मत पाएको छ ।

नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ८३ मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७८ मत पाएको छ ।