खाेज्नुहाेस

अवैध वस्तुको विक्रि वितरण रोकौं

Image

कैलालीको अत्तरिया बजारमा बुधबार एक जना भारतीय नागरिकहरुले अवैध रुपमा ल्याईएका बेर्नाहरु बिक्रि गरिरहेका थिए । उनले भारतिय बजारबाट बेर्ना ल्याएर अत्तरियामा खुल्लम खुल्ला रुपमा बिक्रि गरिरहेका थिए । बिरुवा संरक्षण नियमावली २०६६ को नियम ५ उपनियम ३ बमोजिम भारतबाट विरुवा ल्याउदाँ प्रवेश अनुमतिपत्र लिएको हुनुपर्ने व्यवस्था छ । बिरुवा संरक्षण ऐन २०६४ को दफा ३२ मा उल्लेख गरिए बमोजिम नेपाल भित्र प्रवेश गर्ने बिरुवा वा बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेन्ट, लाभदायक कीरा, अन्य वस्तु, बिरुवा हुर्कने माध्यमहरू क्वारेनटाइन कार्यालयबाट अनुमति पत्र प्राप्त भएपछि मात्र आयात गर्न सकिने व्यवस्था छ ।

बिरुवा संरक्षण ऐन, २०६४ को दफा ७ का उपदफा १ वा ३ तथा बिरुवा संरक्षण नियमावली २०६६ को नियम ५ उपनियम ३ वा नियम ७ उपनियम १ बमोजिम प्रवेश अनुमति पत्र नलिएको, बिरुवा संरक्षण ऐनको दफा ११ तथा बिरुवा संरक्षण नियमावली २०६६ को नियम ७ उपनियम १ बमोजिम सम्बन्धित नाकामा रहेको क्वारेनटाइन कार्यालयमा आवेदनको साथमा नियम ७ उपनियम २ बमोजिमको कागजातहरू संलग्न गरी आवेदन नभएको, प्रवेश नाकामा रहेको क्वारेनटाइन कार्यालयबाट बिरुवा संरक्षण नियमावली २०४ बमोजिमको छोडपूर्जी नलिएको भएमा जरिवाना गर्ने व्यवस्था छन । अवैध रुपमा ल्याईएका त्यस्ता विरुवाहरुको विक्रिवितरण गर्न पाईदैन । त्यस्तो गरेको पाईएमा कानुनबमोजिम कारबाहीको पनि व्यवस्था छ ।

attariya hospital
navjiwan hospital

तर, अत्तरिया चोकमै दुई जना व्यवसायीहरुले अवैध रुपमा भित्र्याईएका बेर्नाहरु बिक्रिवितरण गरिरहेका थिए । उनीहरु आफैले भारतबाट बेर्नाहरु ल्याएको बताईरहेका थिए । माथी उल्लेख गरेबमोजिम क्वारेन्टाईन कार्यालयमा विभिन्न चेकजाँच पश्चात मात्रै भारतबाट त्यस्ता बस्तुहरु नेपालमा आयात गर्न पाईन्छ । तर भन्सार कार्यालयमा कर्मचारीहरुको लापरबाहीले गर्दा दिनहुँ यस्ता अवैध बस्तुहरु नेपाल भित्रिरहेका छन ।

भन्सार कार्यालयमा कर्मचारीहरुले निश्चित रकम लिएर नेपाल प्रवेश गर्न दिने भएकाले पनि प्रायजसो भारतिय व्यापारीहरु स्वास्थ्य प्रमाणपत्र प्राप्त नगरेका अवैध सामग्रीहरु नेपालमा खुल्ला रुपमा विक्रि वितरण गरिरहेका हुन्छन । अहिले बजारको अनुगमनको जिम्मेवारी स्थानिय पालिकाहरुलाई पनि छ । स्थानीय पालिकाहरुमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा बजारको अनुगमन समिति गठन गरिएको हुन्छ ।

बजारमा हुने यस्ता अवैध वस्तुहरुको विक्रि वितरण रोक्न अनुगमनलाई पनि प्राथमिकता दिन जरुरी छ । यस्ता वस्तुहरुले मानवको स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले यस्ता वस्तुहरुको विक्रिवितरणमा रोक लगाउने तथा त्यस्ता वस्तुहरु विक्रि वितरण गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।