फोहोरमैला व्यवस्थापनका लागि लामीताल क्षेत्रमा डस्टबिन

अत्तरिया – गोदावरी नगरपालिकाको पर्यटकिय स्थलका रुपमा रहेको लामिताल परिषरमा डस्टबिनहरु राखिएको छ । वन तथा वातावरण अभियानकर्मी केशव मलाशीको पहलमा बेल्ला फरेस्टले लामिताल परिषरमा ८ वटा डस्टबिनहरु राखेको हो ।

maya metro hospital

नगरपालिकाको वडा नं. २ मा रहेको उक्त ताल वरपरको वातावरण संरक्षण र फोहोरमैला व्यस्थापनका लागि डस्टबिन राखिएको वन अभियानकर्मी मलाशीले बताए । उनले बोटबिरुवा संरक्षण र लामीताल क्षेत्र सफा, स्वच्छ राख्न ताल वरिपरि को ८ वटा क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन हुने गरि ८ वटा डस्टबिनहरु राखिएको बताए ।

attariya hospital

मलाशीले वातावरण संरक्षण र पर्यापर्यटन प्रर्वद्वनका लागि सबै क्षेत्रको साथ सहयोगले यस्ता किसिमका अभियान जारी राख्ने बताए । यसअघि सो क्षेत्रमा मलासीको पहलमा सामुदायिक वनले ८०० वटा बोटबिरुवाहरु वृक्षारोपण गरेको थियो ।

दुर्गालक्ष्मी सामुदायीक बन उपभोक्ता समितिको व्यवस्थापकिय सहयोगमा उक्त डस्टबिनहरु राखिएको थियो । मानिसहरुको भिडभाडले ताल क्षेत्रको स्वच्छता तथा सरसफाईमा असर नपरोस भनेर डस्टबिन राखिएको उक्त सामुदायीक बनकी अध्यक्ष शिवा कडायतले बताईन । उनले पर्यटकहरुको आगमन बढ हुने बताएकाले सबैले उक्त क्षेत्र सफा राख्नुका साथै त्यहाँ रोपिएका बोटबिरुवाहरु जोगाईदिन आग्रह गरिन ।

उक्त क्षेत्रमा अत्तरियाबाट मात्रै नभई नजिकका विभिन्न शहरहरुबाट तालको सौन्दर्यता र वनको हराभरा वातावरणमा मन टहलाउन पर्यटकहरु आउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.