खाेज्नुहाेस

लैंगिक हिंसाको न्युनिकरण गरौ

Image

शुक्रबार देखि देशभर लैंगिक हिंसा सम्बन्धी १६ दिने अभियान सुरु भयो । सन् १९९१ देखी विश्वव्यापी रुपमा सुरु भएको यो अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिख सम्म (तदनुसार मंसिर ९ गतेदेखी २५ गतेसम्म) सञ्चालन गरिन्छ । नेपालले वि.सं. २०५४ सालदेखी देशव्यापी रुपमा यो अभियान सञ्चालन गर्दै आएको छ । यो अभियानको उद्देश्य लैंगिकताको आधारमा हुने सबै प्रकारका हिंसा, विभेद, कुरीति, अन्धविश्वास, अपराध, वहिस्करण र बञ्चितिकरणलाई अन्त्य गर्दै महिला र पुरुष बिच हुने गरेका सबै किसिमका विभेद र असमानता हटाउने हो । बालबालिका, किशोरी, वयस्क, वृद्धा, महिला र सबै लिंगका मानिसहरुलाई बिना भेदभाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउने पनि अभियानको उद्देश्य हो ।

नेपालमा ‘सभ्य समाजको पहिचान : लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ सञ्चालित यो अभियानले देशभर लैंगिक हिंसाका घटनाहरुमा न्युनिकरण ल्याउने, महिला तथा पुरुषबिचको असमानता हटाई समानताको मार्ग खुलाउने काम गर्ने अपेक्षा गरिएको छ । तर सरकारले गरेको अपेक्षा अनुसार अभियानले सार्थकता भने पाउन सकेको छैन । देशभर करिब ३ दशकदेखी सुरु भएको यो अभियान विभिन्न पालिकाहरुले आ–आफ्नो क्षेत्रमा मनाउदै आएका छन । तर अभियानले लैंगिक हिंसा सम्बन्धीका घटनाहरु घटाउन सकेको छैन ।

attariya hospital
navjiwan hospital

नेपालमा विगतको तुलनामा विभिन्न कार्यहरुमा महिलाहरुको सहभागीता बढी छ, विभिन्न विद्या तथा फाँटहरुमा महिलाहरुले सफल रुपमा नेतृत्व गरिरहेका छन । उनिहरु परिवर्तनका संवाहक बनेका छन । तर त्यति भएर पनि लैंगिक हिंसा सम्बन्धीका घटनाहरुमा भने कमि आउन सकेको छैन । यसको मुल कारण नागरिक हो । कानुनी प्रबन्धहरुले मात्रै लैंगिक हिंसाको अन्त्य गर्न सकिने कुरा सम्भव छैन । व्यक्तिको अन्तरचेतनामा विवेक र करुणा पैदा भयो भने मात्रै त्यो सम्भव छ ।

अझै पनि महिलाहरुमाथी छुवाछुत, बेचबिखन, श्रम शोषण, बोक्सी, यौनजन्य दुव्र्यवहार, बलात्कार, हत्या, एसिड आक्रमण लगायतका अपराधजन्य गतिविधिहरु हुने गरेका छन । सामाजिक अन्धविश्वासको आड लिएर हुने यस्ता अनैतिक गतिविधिहरुको अन्यका लागी राज्यबाटै सार्थक अभियान चालिनुपर्दछ । लंैगिक हिंसाको अन्त्यका लागी मुख्य रुपमा व्यक्तिलाई सचेत बनाउन आवश्यक छ ।

त्यसका लागी मनोवैज्ञानिक परामर्श, कानुनी ज्ञान, कुरितीहरुको असर र त्यसले नित्याउने खतरा लगायतका विषयमा नागरिकलाई जानकारी गराउन आवश्यक छ । लैंगिक हिंसाले देशको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुमा पनि नराम्रो असर पर्ने गरेको छ । लैंगिक हिंसाको अन्त्य देशको समृद्ध विकाशका लागी अनिवार्य आवश्यक छ । त्यसैले आफु पनि नगर्ने र अरुलाई पनि गर्न नदिने वातावरण सृजना गरी, सबैले एकवद्ध बनेर लैंगिक हिंसाको न्युनिकरण गरौ ।