खाेज्नुहाेस

‘बालबालिकाले भनेर हैन देखेर सिक्छन’

Image

अत्तरिया – बालबालिकाको मनोविज्ञानका बारेमा प्रायजसो अभिभावकलाई पनि जानकारी हुदैन । वर्तमान अवस्थामा आर्थिक स्तर बृद्धि गर्नका लागी बढी व्यस्त हुने अभिभावकहरुले बालबालिकालाई समय दिन पाउँदैनन् । जसले बालबालिकाको मनोविज्ञानमा नराम्रो असर गरेको हुन्छ । त्यसबारेमा अभिभावकहरुले भने त्यति चासो दिएका हुदैन । बालबालिकाको पहिलो विद्यालय भनेर घरलाई चिनिन्छ, तर घरमै उसको मनोविज्ञान बुझ्ने, उसको रेखदेख गर्ने र राम्रो संस्कृतिको विकाश गर्ने वातावरण सृजना नहुँदा त्यसले भविष्यमा नराम्रो घटना घट्ने अवस्था आउन सक्छ ।

अभिभावकहरुले प्रायजसो बालबालिकाहरुलाई नराम्रो काममा अभिप्रेरित नहुँन र राम्रो काम मात्रै गर्न उत्साहित गर्दछन । तर भनेर मात्रै बालबालिकाहरुले सिक्न सक्दैन भन्ने कुरा अत्तरियामा आयोजित एउटा अभिमुखिकरण कार्यक्रममा बताईएको छ । अत्तरियामै रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले शनिबार अत्तरियामा आयोजना गरेको अभिभावकहरुसँगको एक दिने कार्यशाला गोष्ठिका प्रशिक्षक क्षेत्र प्रसाद ज्ञवालीले बालबालिकाहरुले अभिभावकहरुको सिको गर्ने बताएका छन ।

attariya hospital

‘बालबालिकाहरुले भनेर मात्रै केही कुरा सिक्दैनन्’ उनले भने ‘उनिहरुले आफ्नो अभिभावकको क्रियाकलापहरुबाट धेरै कुरा सिक्ने गर्दछन्, उनिहरुले भनेर हैन, देखेर सिक्दछन ।’ प्रशिक्षक ज्ञवालीले अभिभावकहरुको बालबालिकाका अगाडी गरिने एकआपसको व्यवहारले नै उनिहरुमा त्यस्तै संस्कारको विकाश हुने बताए । ‘बालबालिकाका अगाडी तपाईहरु झगडा गर्नुहुन्छ, या कुनै नराम्रा क्रियाकलाप गर्नुहुन्छ भने त्यहि कुरा बालबालिकाले सिक्छ’ उनले भने ‘तपाईहरुले बालबालिकाका अगाडी माया, स्नेह, सद्भावका साथै आफ्नो राम्रो संस्कार प्रस्तुत गर्नुभयो भने बालबालिकामा पनि त्यहि कुराहरुको विकाश हुन्छ ।’

प्रशिक्षक ज्ञवालीले अभिभावकहरुको बालबालिकामाथी हुने व्यवहारले बालबालिकाको भविष्य तय हुने बताए । उनले बालबालिकालाई अर्कासँग तुलना गरेर, या उसको कमीकमजोरी औल्याएर उसलाई तनाव दिए, बालबालिकाको मनोविज्ञान नै कमजोर हुने बताए । उनले प्रत्येक बालकले केही न केही फरक क्षमता लिएर आउने भएकाले बालबालिकालाई अरुसँग तुलना गरेर कमजोर बनाउन नहुने बताए । बालबालिकाहरुले अभिभावकहरुको व्यवहार र संस्कारबाट नै धेरै कुरा सिक्ने भएकाले अभिभावकले आफुले पनि संस्कारशिल नागरिक बन्नुपर्ने प्रशिक्षक ज्ञवालीले बताए । उक्त कार्यशालामा अभिभावकहरुलाई बालबालिकामाथी गर्नुपर्ने व्यवहार को बारेमा जानकारी दिईएको थियो ।

navjiwan hospital

विद्यालयका सञ्चालक गिरीराज कडायतले विद्यार्थीहरुलाई राम्रो संस्कार सिकाउन अभिभावकहरुले कस्तो भुमिका निर्वाह गर्नुपर्छ भन्ने विषयमा अभिभावकलाई राखेर गोष्ठिको आयोजना गरिएको बताए । उनले विद्यालयका शिक्षकहरुले मात्रै बालबालिकाको मनोविज्ञान बुझ्न नसक्ने भएकाले अभिभावकहरुले पनि त्यसप्रति ध्यान दिनुपर्ने बताए ।

maya metro hospital

‘अभिभावकहरुले टिभी हेर्ने, मोबाईल चलाउने, गाडी गलौज गर्ने तथा बालबालिकाकै अगाडी धुम्रपान तथा मदिरा सेवन गर्ने लगायतका कामहरु गर्ने गर्दछन’ उनले भने ‘अभिभावकको त्यस्तो व्यवहार बालबालिकाको मनमस्तिष्क सम्म पुगेको हुन्छ, जसले गर्दा सोही व्यवहार बालबालिकाले पनि देखाउने गर्दछ ।’ उनले बच्चालाई राम्रो, योग्य र सक्षम बनाउनुभन्दा पहिला अभिभावक आफु पनि त्यस्तै हुनुपर्ने बताए । विद्यार्थीहरुको समग्र भविष्यका लागी केवल विद्यालयको एक्लो प्रयास मात्रै काफि नहुने बताउदै उनले त्यसका लागी अभिभावकको भुमिका पनि महत्वपुर्ण हुने बताए ।

उनले गोष्ठि पश्चात अभिभावकहरुमा आफ्नो व्यवहारले बालबालिकाहरु कसरी विग्रिन्छन भन्ने कुराको ज्ञान हुने बताए । उनले बालबालिकालाई दोष लाउने भाडो नबनाई उनिहरुको साथी बनेर उनिहरुका समस्याको समाधानमा अग्रसर हुनुपर्दछ भन्ने कुरा अभिभावकलाई सिकाईएको बताए । उनले रिजल्ट मात्रै सबैकुरा नभएको पनि बताए ।

Karma Consultancy

‘रिजल्ट मात्रै ठुलो कुरा हैन, अब बालबालिकालाई ठुलो मान्छे नभई असल मान्छे बन्नुपर्छ तथा स्वार्थी मान्छे हैन सामाजिक मान्छे बन्नुपर्छ भन्ने कुराहरुको सिकाउन पनि जरुरी छ’ उनले भने ‘त्यसका लागी विद्यार्थीलाई सिकाएर मात्रै सम्भव नहुने भयो । त्यसैले अभिभावकहरुलाई बोलाएर अभिभावकहरुको व्यवहारका कारण बालबालिकामा कस्तो असर पर्दछ भन्ने कुरा मनन् गराउन यो कार्यशाला थालेका हौ ।’

नेपाल लगायत विकासोन्मुख मुलुकमा बालबालिकाप्रति हुने सामाजिक व्यवहार सुधार गर्नुपर्नेमा विज्ञहरुको जोड छ । पछिल्लो एक अध्ययनले प्रारम्भिकरुपमा बाल विकासमा ध्यान नपुग्दा विकासोन्मुख मुलुकमा ४३ प्रतिशत बालबालिकाको जुन तहमा व्यक्तित्व विकास हुनुपर्ने हो त्यो हुन नसकेको देखाएको छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरुको मनोविज्ञान बुझेर अभिभावकले त्यही अनुसारको क्रियाकलाप सञ्चालन गर्नुपर्दछ ।