गेटा मेडिकल कलेज : जहाँबाट डाक्टर होइन्, सांसद उत्पादन भए

अत्तरिया – कैलालीको मोहना अत्तरिया ६ लेन सडक किनारामा प्रस्तावित गेटा मेडिकल कलेजका सुकिला भवन ठडिएका छन । झट्ट हेर्दा ति भवन क्षेत्रमा पुगेपछि कुनै ठूलो सहरमा प्रवेश गरेको अनुभूति हुन्छ ।

maya metro hospital

सुदूरपश्चिमकै स्वास्थ्य क्षेत्रमा कायापलट ल्याउन सक्ने भनिएको प्रस्तावित ‘गेटा मेडिकल कलेज’ का ति भवन संचालनको मोडालिटी नपाउँदा भने अन्योलमा छन । कुन मोडालिटीमा अगाडी बढ्ने भन्ने स्पष्ट ऐन नहुँदा नै भवन वेकामे बनेका हुन ।

गत आर्थिक बर्ष भित्र नै सरकारले प्रस्तावित गेटा मेडिकल कलेज संचालनमा ल्याउने लक्ष्य राखेको भएपनि अघिल्लो संसदले संचालनको मोडालिटीका लागि ऐन दिन नसक्दा मेडिकल कलेजको काम गतिहिन, दिशाहीन बनेको छ ।

attariya hospital

यसअघि कै संदसबाटै यसको मोडालिटी टुङ्गाएर ऐन पास गराउनका लागि दवाव दिन यस क्षेत्रमा आन्दोलन नै चर्किएको भएपनि त्यसको सुनुवाई हुन सकेन् । तर, नयाँ सांसद बन्नको लागि उम्मेदवार बनेकाहरुले भने प्रस्तावित गेटा मेडिकल कलेजको मुद्धालाई जोडतोडका साथ उठाए ।

संयोगवस गेटा मेडिकल कलेजको मुद्धा उठाउने उम्मेदवारहरुको भाग्यको फैसला नै त्यही गेटा मेडिकल क्षेत्रबाट हुन पुगेको छ । डाक्टर उत्पादन गर्ने भनेर बनाइएका भवनमा सांसद छनोट गर्ने मतपेटिका राखिए र, त्यही भवनबाट विजयी सांसदको नाम घोषणा भएर त्यही भवनमा शनिबार संसदको प्रमाणपत्र पनि तयार गरिएको छ ।

गेटा मेडिकल कलेजका खालि भवनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय राखिएको थियो । उक्त कार्यालय सुरुमा अत्तरियामा रहेको हुलाक कार्यालयमा राखिएको भएपनि पछि यहाँ ठाउँ अभाव हुने भन्दै गेटामा सारीयो । तर, निर्वाचन अधिकृत इन्द्र बहादुर कठायतले भने कार्यालय ठाउँ अभाव भएर मात्रै नभई रणनीतिक रुपमै गेटामा सारीएको बताए ।

‘गेटा मेडिकल कलेजमा कार्यालय राख्नुको पछाडी मेरो व्यक्तिगत स्वार्थ भन्दा पनि रणनीतिक कारण छ’ शनिबार प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै कठायतले भने ‘यो क्षेत्रका जनताको आम सरोकार र चासोको विषय गेटा मेडिकल कलेजलाई संचालनका लागि जितेका सांसदको ध्यान केन्द्रित गर्न पनि हो ।’ उनले यही आउने हिउँदे अघिवेशनबाट मेडिकल कलेजको ऐन पारीत गरी संचालनमा आओस भन्ने यस क्षेत्रका जनताको चाहना रहेको बताए ।

‘म यहाँ कार्यालय राख्नु अगाडी पनि आए । यहाँ तमाम भवन निर्माण भएका छन । अहिले बनेका भवन पनि जिर्ण हुने अवस्थामा पुगेका छन’ उनले भने ‘यहाँ स्वास्थ सेवाको लागि प्रयाप्त सुविधा नहुँदा यस क्षेत्रका जनताले निकै समस्या भोगेको कुरालाई महशुस गरेर तत्काल ऐन ल्याएर संचालन गर्न अनुरोध गर्दछु ।’

प्रमाणपत्र ग्रहण पछि बोल्दै प्रतिनिधि सभामा निर्वाचित वीर बहादुर बलायरले आफूले गेटा मेडिकल कलेज संचालनमा ल्याउने बिषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले आफूले चुनावमा उठाएका मुद्धा पुरा गर्न दिओज्यान लागेर काम गर्ने बताए ।

‘यस क्षेत्रको जल्दोबल्दो इस्यु भनेकै राजधानी र गेटा मेडिकल कलेज हो । यसका लागि हामीले आफ्नो तह र तप्काबाट तत्कालिन रुपमा काम अगाडी बढाउने छौ’ उनले भने ‘सपथ ग्रहण पछि आधिकारीक रुपमा हाम्रो राज्यसंगकोे सम्बाद र उपस्थिति र राज्य निर्माण गर्ने ऐन, कानुन, निर्माणमा आफ्नो भूमिका रहने नै छ ।’

२०६६ सालमै गेटा मेडिकल कलेज निर्माण गर्ने घोषणा गरिएको भएपनि आर्थिक वर्ष २०७३/०७४ बाट मात्रै यसको भौतिक संरचना निर्माणको काम थालिएको थियो । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्राबास लगायत संरचना निर्माणको काम सकिएको छ । कलेजको करिब ९० प्रतिशत भन्दा बढी काम सकिएको भएपनि संचालनको मोडालिटीबाट ऐन तयार नहुँदा अन्योल कायम भएको छ । यद्दपी जुन मोडालिटीमा गएपनि अस्पताल संचालन आवश्यक पर्ने भएकाले त्यसका लागि काम अगाडी बढाउन भने सरकारले काम थालेको जनाएपनि त्यो निकै सुस्त गतिमा अगाडी बढीरहेको छ ।

प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान, विश्वविद्यालय या मेडिकल कलेजकै रुपमा अगाडी बढाउने भन्ने बारेमा अन्योल कायम छ । यद्दपी यस क्षेत्रका बहुसंख्यक जनताले भने यसलाई विश्वविद्यालयकै रुपमा अगाडी बढाउने पर्ने माग गर्दै आएका छन ।

सम्बन्धित समाचार : कैलाली– ४ बाट निर्वाचित बलायर, सोडारी र बमले लिए प्रमाणपत्र

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.