स्थिर समयको दुरुपयोग रोकौं

बिहीबार मध्यरातदेखि निर्वाचनको स्थिर समय (मौन अवधि) सुरू भएको छ । यो समय निर्वाचनमा सबैभन्दा संवेदनशिल समय हो । स्थिर समयको अवस्थामा निर्वाचनका निम्ति कुनै पनि दल तथा स्वतन्त्र उमेदवारले प्रचारप्रसार गर्न पाउदैनन भने प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा समेत मतदाताहरुलाई प्रभावित पार्ने गरेर कुनै पनि गतिविधिहरु गर्न पाउदैनन् । निर्वाचन आयोगले निर्देशन दिएअनुसारको आचारसंहिता उल्लंघन गरेको पाईएमा उम्मेदवारहरुको उम्मेदवारी फिर्ता हुने तथा अन्यलाई कारबाहीको पनि व्यवस्था गरिएको छ ।

maya metro hospital

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने मिडियाहरुलाई लोककल्याणकारी विज्ञापन नदिईने समेत भनिएको छ । आयोगले आचारसंहिता पालना नगर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्नेसम्मको अधिकार प्रयोग गर्न सक्ने हुँदा स्थिर समयमा दल तथा उमेदवारहरुका लागि एकप्रकारको चेतावनी समेत हो ।

joshi vada pasal 2

तर, यो अवधीलाई उम्मेदवारहरुले सबैभन्दा बढी मतदातालाई आफुतिर तान्ने अस्त्रका रुपमा लिने गरेका छन । निर्वाचनको परिणामलाई प्रभाव पार्न सक्ने गरी यो अवधीमा मतदाताहरुलाई गोप्य रुपमा भेटघाट गर्ने, आर्थिकको बार्गेनिङ गर्ने, केही प्रलोभनहरु देखाउने लगायतका कामहरु उम्मेदवार तथा तिनका राजनीतिक दलका प्रतिनिधिहरुले गर्ने गरेका छन ।

निर्वाचन आयोगको आचारसंहिताको पालना गर्नुपर्ने समयमा यस किसिमका कार्यहरुले गर्दा प्रायजसो हर निर्वाचनमा सोचे भन्दा फरक परिणाम आउने गरेको छ । मतदाताहरु पनि यस्तो समयको व्यग्र प्रतिक्षामा हुने गरेका छन । यो समयमा आर्थिक बार्गेनिङ बढी गर्न सकिने र जस्तो सुकै अवस्थामा पनि उम्मेदवारहरुले नाई भन्न नसक्ने अवस्था रहने हुँदा मतदाताहरुले स्थिर समयमा आफ्नो भोटबराबरको मुल्य तोक्ने गरेका छन । स्थिर समयमै सबैभन्दा बढी भोटहरु किनबेच हुने गर्दछन ।

indreni vansa ghar

चुनावी प्रचारप्रसारको अभियान बन्द हुने भएपनि यो अवधीमा सबैभन्दा बढी आर्थिक चलखेल हुने गरेको छ । रातीको समयमा टोलको मुख्य मान्छे वा जो सँग बढी मत हुन्छ, त्यस्तो व्यक्तिलाई भेटेर आर्थिक बार्गेनिङ गरी आफ्नो पक्षमा मत पार्ने ध्यानमा उम्मेदवारहरु हुन्छन । नगद वा जिन्सी सामानहरुको वितरण गरी मतदातालाई प्रभावित पार्ने एउटा गतिलो माध्यम स्थिर समय बनिरहेको छ ।

बाहिरबाट देखिने शान्त प्रकारको वातावरणमा समेत भित्रीरुपमा ठूलो तरङ्ग उठ्न सक्ने सन्दर्भलाई नजरअन्दाज गर्न सकिँदैन् । यो अवधि भनेको बढीभन्दा बढी भित्री चलखेल हुन सक्ने अवधि पनि हो, जसलाई बाहिरीरुपमा मात्रै देखेर आँकलन गर्न सकिँदैन् । त्यसैले पनि स्थिर समयमा हुने भित्री गतिविधिमाथि नियन्त्रण निकै जटिल र चुनौतीपूर्ण बनिरहेको देखिन्छ । निर्वाचन आयोगले सूक्ष्म निरीक्षण र अनुगमन गर्ने भनेर मातहतका निकायहरुलाई निर्देशन दिए पनि त्यो प्रयास सार्थक सिद्ध हुन नसक्ने अवस्था त्यत्तिकै छ । भित्रीरुपमा हुने लेनदेन र सम्झौताहरुको सजिलैसँग भेउ पाउन त्यति सहज अवश्य पनि छैन ।

निर्वाचन भनेको देशको मेरुदण्ड हो । देशलाई कस्तो अवस्थामा लैजाने, कस्तो व्यक्तिको आगमनले देशको भविष्य समृद्ध बन्छ भन्ने कुराको लेखाजोखा गरी समृद्धिको वाहक उम्मेदवारलाई देशको नेतृत्व तहमा पु-याउने अवसर निर्वाचन हो । यस्तो मौकालाई आर्थिक प्रलोभनमा परी खेर फाल्ने मतदाता नै देशको समृद्धिका बाधक हुन । आफ्नो महत्वपुर्ण भोटलाई पैसासँग साटफेर गर्ने यस्ता मतदाताहरुले गर्दा नेतृत्व तहमा सक्षम व्यक्ति पुग्न सक्दैन, जसले गर्दा देश नै अधोगती तर्फ उन्मुख भैरहेको छ ।

अर्काेतिर आर्थिक बाडफाँड कै कारण निर्वाचनमा विजयी प्राप्त गर्ने उम्मेदवारले विजय भए पश्चात त्यो रकम असुल उपर गर्न भ्रष्ट्राचारलाई प्रसय दिन्छ । त्यस्तो अवस्थाको सृजना हुन नदिन मतदाता नै सचेत बन्नुपर्दछ । विशेषगरी, मतदाताहरुको सतर्कता र सचेतताले निर्वाचनलाई सार्थक बनाउन सक्छ । मतदाताकै कारण स्थिर समयको बढी दुरुपयोग भैरहेको छ । त्यसैले आफु सचेत बनी स्थिर समयमा हुने दुरुपयोग रोकौं ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.