चोरीका घटना न्यूनिकरणमा ध्यान दिऔं

अत्तरिया बजार धनगढी, महेन्द्रनगर लगायतका बजारको तुलनामा सानो बजार हो । बजारको क्षेत्र सानो हुनुका साथै नजिकै ईलाका प्रहरी कार्यालय, प्रदेश ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरीको गण र नेपाली सेनाको व्यारेक हुँदा बजार सुरक्षित होला भन्ने सोच्नु गलत हैन । तर यती सानो बजार नजिकै रहेका सुरक्षा निकायका कार्यालयहरुका बीचमा पनि बजारमा एकैप्रकृतिका चोरीहरु दिनानुदिन भैरहेका छन । जसले यहाँको सुरक्षा व्यवस्थालाई चुनौती दिएको छ ।

maya metro hospital

चोरले प्रहरी कार्यालय नजिकै रहेका पसलहरुबाट एक पछि अर्को गर्दै चोरी गर्न थालेको छ । सोमबार राती मात्रै इलाका प्रहरी कार्यालय मालाखेती देखि करिब २ सय मिटरको दुरीमा रहेको लहना मोवाइल ग्यालरीमा चोरी भयो । चोरले छानोबाट मोबाइल पसलमा छिरेर १२ लाख बढीका मोबाइल र नगद चोरेर लग्यो । सोही प्रकृतिको घटना केही दिन अगाडी नमुना मोबाईल ग्यालरीमा पनि भएको थियो । नमुना मोबाईल ग्यालरीमा त एकै प्रकृतिबाट चोरले ४/४ पटक चोरी गरीसक्यो । दोस्रो पटकको चोरीका समयमा चोर पक्राउ परेर अदालती मुद्धामा रहदा समेत नमुना मोबाईल ग्यालरीका सञ्चालकले चैन को सास फेर्न पाएनन । त्यसपछि पनि २ पटक उक्त मोबाईल ग्यालरीमा चोरी भैसक्यो ।

joshi vada pasal 2

त्यसपछि यही कार्तिक १२ गते राती अत्तरियामै रहेको विष्णु ईन्टरप्राईजेजमा पनि चोरी भयो । नमुना मोबाईल ग्यालरीमा चोरी गरेर पक्राउ परेकाहरुको समुहले विष्णु ईन्टरप्राईजेजमा चोरी गरेको प्रहरीले अनुमान गरेपनि ति चोरहरुलाई ल्याएर कारबाहीको प्रकृया अगाडी बढाउन प्रहरीले सकेन । जसको फलस्वरुप करिब १५÷१६ दिनभित्रै सोही प्रकृतिको चोरी लहना मोबाईल ग्यालरीमा भयो । पछिल्लो केही महिना यता बजारमा श्रृङ्खलावद्ध रुपमा चोरीका घटना हुँदा समेत प्रहरीले भने पछिल्लो पटक भएका चोरीका घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन् ।

indreni vansa ghar

बजारमा एक पछि अर्को श्रृङ्खलावद्ध चोरीका घटना हुन थालेपछि यस क्षेत्रका व्यवसायी त्रसित छन । व्यवसायीहरुले प्रहरी प्रशासनको लापरबाहीका कारण चोरहरु अहिलेसम्म पक्राउ पर्न नसकेको गुनासो गर्न थालेका छन । हुन पनि एकै प्रकृतिका चोरीका घटना हुँदासम्म पनि प्रहरीले चोर समात्न नसक्नु लापरबाही नै हुनसक्छ । एकपटक पक्राउ परिसकेका चोरहरु सोही प्रकृतिको दोस्रो घटना हुदाँ अवश्य पनि आशंकाको घेरामा हुन्छन ।

तर प्रहरीले पहिले नै पक्राउ परिसकेका चोरहरुलाई ल्याएर कारबाहीको प्रकृया थाल्ने काम गर्न सकेको छैन । जसका कारण बजारमा दिनानुदिन चोरीका घटना बढ्दै गईरहेका छन । चोरीका घटना न्युनिकरणमा मुख्य रुपमा सुरक्षा निकायले संवेदनशिल बन्न जरुरी छ ।

बजारको अवस्थामा र दिनहु भैरहेका चोरीका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्दा प्रहरी प्रतिको आमनागरिकको दृष्ट्रिकोण फरक हुने अवस्था छ । यस्तो अवस्थामा बजारको सुरक्षा व्यवस्थालाई चुनौती दिने त्यसता चोरहरुलाई यथाशिघ्र पक्राउ गरी बजारको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने काममा सुरक्षा निकाय जिम्मेवार बन्न आवश्यक छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.