खाेज्नुहाेस

कैलाली – ४ मा बढ्यो चुनावी चहलपहल, नेताहरु गाउँ–गाउँमा

Image

अत्तरिया – प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै कैलाली क्षेत्र नम्बर ४ मा पनि चुनावी चहलपहल बढेको छ ।

निर्वाचनको दिन आउन ३२ दिन मात्रै बाँकी रहकाले चुनावमा उम्मेदवारी दिएका नेताहरुले गाउँ–गाउँमा चुनावी सभा, कार्यकर्ता भेटघाट, घरदैलो अभियानलाई तिव्रता दिएका छन । प्रदेशको राजधानी तोकिएको कैलाली क्षेत्र नम्बर ४ मा ठूला दलबाट प्रदेशको नेतृत्व गरिरहेका नेता चुनावी मैदानमा छन । नेताहरुले अहिले चुनाव जित्ने रणनीतिका साथ प्रचार प्रसारका कार्यक्रम अगाडी बढाएका छन ।

add everest academy
attariya hospital

गठबन्धन दललाई समेटेर बनाइएको चुनावी परिचालन समितिका संयोजक बसन्त रोकायाले चुनावी प्रचारका कार्यक्रमलाई तित्र्रता दिएको बताए । उनले हाल वडाहरुमा गएर जनतालाई भेला गरेर चुनावी प्रचारका कार्यक्रम गरिरहेको बताए ।

‘प्रतिनिधि सभा उम्मेदवार र प्रदेश सभा उम्मेदवार सहितको टोलीले प्रदेश ‘क’ अन्तरगत गौरीगंगाका वडा वडामा चुनावी प्रचार– प्रसार गरिरहेको छ’ उनले भने ‘प्रदेश सभा ‘ख’ का उम्मेदवारले गोदावरीमा चुनाव प्रचार प्रसार गरिरहेका छन ।’ उनले गौरीगंगाका वडा नम्बर २, ३ र ६ मा चुनावी प्रचार प्रसारका कार्यक्रम सकिएको बताए । उनले भने ‘चुनावी प्रचार प्रसार अन्तरगत टोल टोलमा भेला र आवश्यक परेको ठाउँमा घरदैलो पनि गरिरहेका छौ ।’

उनले चुनाव प्रचार प्रसारका क्रममा जनताको उत्साहजनक सहभागिता रहेको बताए । उनले यस अघिको संघिय निर्वाचनमा जिताएर पठाएका उम्मेदवार प्रति जनता निकै आक्रोसित रहेको आफूले पाएको बताए ।

attariya technical collage
navjiwan hospital

‘यसअघि जिताएर पठाएकाबाट हामीले धोका पायै । बिच बाटोमा छोडेर जानेलाई हामीले चिनेका छौ । अब हामीले कांग्रेसलाई सहयोग गर्छौ भनेर स्थानीयले भन्दै छन’ रोकायाले भने ‘आफ्नो स्वार्थका लागि दल बदलिरहनेलाई जनताले चिनिसकेका छन ।’

यस्तै नेकपा एमालेको मुल निर्बाचन परिचालन समितिका संयोजकमा डिल्लीराज भट्टले १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेर घनिभूत रुपमा निर्वाचन प्रचार प्रसारका कार्यक्रम गरिरहेको बताए । उनले टोल टोलमा भेटघाट कार्यक्रम, पार्टी प्रवेश कार्यक्रम संगै घरदैलोलाई पनि संगसंगै अगाडी बढाएको बताए ।

‘हालसम्म गोदावरी नगरपालिका – ४ गोदावरी, वडा नम्बर ८, गौरीगंगाको वडा नम्बर १ र ३ मा चुनाव प्रचार प्रसारका कार्यक्रम गरेका छौ’ उनले भने ‘अन्य क्षेत्रमा पनि निरन्तर प्रचार प्रसारका काम अगाडी बढ्ने छन ।’ उनले पार्टीका कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको बताए । उनले हाल पार्टी भित्र कुनै प्रकारको अन्तरविरोध नभएको बताए ।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा र प्रदेश सभाका ३ पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन । निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रचार प्रसारका कार्यक्रमलाई तिव्रता दिदाँ अहिले ग्रामिण क्षेत्र पनि चुनावमय बनेका छन ।

प्रतिनिधि सभाका लागी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायर, नेकपा एमालेबाट लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पर्टीबाट गोबिन्द प्रसाद भट्ट, नागरिक उन्मुक्ती पर्र्टीबाट कइयाँ चौधरी, नेपाल मजदुर किसान पार्टीबाट सिताराम पण्डित, राप्रपाबाट जय बहादुर धामी, मौलिक जरोकिलो पार्टिबाट चेतराज साउँद, जनता प्रगतीशिल पार्टिबाट मोहनदेव मिश्र, नेपाल संघिय समाजवादी पार्टिबाट भिम बहादुर थापामगर र स्वतन्त्रबाट उम्मेदवारी दिएका गोदावरी नगरपालिका – २ निवासी मेखराज जोशीले चुनावी मैदानमा छन ।

प्रदेश सभा ‘क’ बाट सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीका दिर्घ सोडारी, नेकपा एमालेबाट भिम बहादुर देउवा, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्र प्रसाद देवकोटा, राप्रपाबाट तिलक बहादुर महत, नेपाल लोकतान्त्रीक पर्टीबाट मणिराम चौधरी, मौलिक जरोकिलो पार्टीबाट सावित्री गिरी, नेष्नालिष्ट पिपुल्स पार्टीबाट लाल बहादुर बोहरा, स्वतन्त्रबाट प्रेम बहादुर शाहु र भोजराज सापकोटा चुनाव लड्दै छन ।

यस्तै प्रदेश सभा ‘ख’ बाट सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश बहादुर बम, नेकपा एमालेका तर्फबाट हरि सि साउँद, नागरिक उन्मुक्ति पार्टिबाट कमलराज भट्ट, राप्रपाबाट प्रकाशदत्त भट्ट, र स्वतन्त्रबाट भगवती ओझा चुनावी मैदानमा छन ।