यो साता सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिका भित्रका ४ तस्बिर यसमा प्रस्तुत गरिएका छन ।
अत्तरियाको सडक किनारामा बाधिएको गाई । घरमा पालिएको गाई बजारमा छोड्दा पनि घर जान थालेपछि गाईधनीले सडकमै बाधेर गएका हुन ।
बर्षातको समयमा अत्तरिया चोकको सडक किनारामा भएको हिलो । ठेकेदारको लापरपाहिले चोकमा कालोपत्रेको आधा मात्रै गर्दा चोक पुनः हिलाम्मे र धुलाम्मे हुने खतरा बढेको छ ।
सम्बन्धित समाचार: सम्झौता अनुसार अत्तरिया चोक मर्मतको काम भएन
अत्तरिया चोकमा रहेका पसलको अगाडी सुतेका गाई । बर्षातका कारण छाडा गाइगोरु छानो खोज्दै पसल अगाडी सुतेका छन ।
गोदावरी नगरपालिकाको अत्यावश्यक सवारी साधन पार्कीङ स्थल । नगरपालिकाले दमकल फोहर बोक्ने गाडी लगायतका सवारी साधन पार्कीङ गर्न बनाएको पार्कीङ स्थल भत्किएको ३ बर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन ।