सम्झौता अनुसार अत्तरिया चोक मर्मतको काम भएन

अत्तरिया – म्याद सकिदा पनि कैलालीको अत्तरिया चोक मर्मतका लागि गरिएको सम्झौता अनुसारको काम हुन सकेको छैन । चोक मर्मतका लागि गत आर्थिक बर्षमा सम्झौता भएर सोही बर्ष काम सक्नुपर्नेमा दोस्रो आर्थिक बर्ष सकिन लाग्दा सम्म पनि काम पुरा हुन नसकेको हो ।

Karma Consultancy

सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत चोकमा अत्तरिया – धनगढी ६ लेन सडक स्तरकै कालोपत्रे गर्ने सम्झौता भएको थियो ।

citizen security services

सम्झौता अनुसार चोकको चारैतिर कालोपत्रे गर्ने भनिए पनि पहिलो लेयर अन्तरगत गरिएको बिडिएमको काम पनि अधुरो छोडिएको छ भने दोस्रो लेयर अन्तरगत असफाल्ट गर्ने काम पुरै बाँकी छ ।

attariya hospital

चोक मर्मतका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत भुवन निर्माण सेवा प्राली धनगढी संग ९० लाखमा ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालयले चोक मर्मतका लागि १ करोड ६६ लाखको बोलपत्र आह्वान गरेको भएपनि भुवन निर्माण सेवाले ४० प्रतिशत बिलोमा गत आर्थिक बर्षको असार मसान्तभित्रै चोकको कालोपत्रेको काम सम्पन्न गर्ने भन्दै २०७८ जेठ १९ गते सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख हरी सुवेदीले ठेकेदारको ढिलासुस्तिका कारण काममा ढिलाई भएको बताए । उनले चोकमा असफल्टको काम बाँकी रहेको र आफूले छिटो काम गर्न ताकेता गरेको बताए ।

‘म केही दिन अगाडी मात्रै कार्यालय प्रमुख भएर यहाँ आएको छु । म यहाँ आउने बितिकै चोकको कामको बारेमा चासो लिएको थिए’ उनले भने ‘निर्माण व्यवसायीको केही प्राविधिक समस्याका कारण काम हुन सकेको छैन भन्ने कुरा मैले पनि बुझेको थिए । ठेकेदारले चुनाव पछि काम गर्छु भनेका थिए । अब काम छिटै हुन्छ । म त्यसका लागि पहल गर्छु ।’ उनले ठेकेदार अहिले कार्यालयको सम्पर्कमै रहेको बताए । ‘काम गर्ने हो भने त्यो एकदिनमै सकिन्छ । ठेकेदार काम छोडेर भाग्न पाउँदैनन्’ उनले भने ‘मुख्य काम भइसकेको छ । अब धेरै काम पनि छैन । समय पनि धेरै लाग्दैन ।’

उनले चोकमा पानी जम्ने समस्या पनि भएकाले त्यसका लागि पनि आफूले पहल गर्ने बताए । उनले भने ‘मैले चोकमा पानी पनि जम्छ भन्ने जानकारी पाएको थिए । चोकमा होचो भएकाले यसका लागि के गर्न सकिन्छ हामीले पहल गर्छौ ।’ ठेकेदारले चोकको बिच भागमा सडक लेन छुट्याउने डिभाइडर बनाएका भएपनि त्यसमा माटो फालेर नमिलाउँदा उक्त माटो सडक मै छरिएको छ ।

belauri nagarpalika

कोरोना महामारीका कारण गत आर्थिक बर्ष भित्र काम नसकिएको भनिएपनि त्यसपछि पनि काम गर्न बेवास्ता गर्दा अहिले चोकमा सम्झौता अनुसारको काम हुन सकेको छैन ।

पानी जम्ने समस्या पनि उस्तै

चोकमा एक लेयरको कालेपत्रे गरिएपछि हिलाम्मे र धुलाम्मे हुने समस्या हटेको भएपनि चोकको सडक किनारा भागमा पानी जम्ने समस्या भने उस्तै रहेको छ । चोकको पानी निकासको लागि व्यवस्थित नाला नहुँदा थोरै पानी पर्दा पनि पानी जम्ने गरेको छ ।

चोकमा रहेको नाला गहिरो र पानी निकास हुने अत्तरिया – धनगढी ६ लेनको नाला उचो हुँदा विगत तिन बर्ष देखि यो समस्या दोहरीदै आएको छ । यसैबिच चोकको पानी निकासका लागि बर्षाद सुरु हुन पुर्व नै काम गर्ने गरी पहल भइरहेको गोदावरी नगरपालिकाले जनाएको छ ।

मुख्य राजमार्गको सडक संघिय सरकार मातहत भएकाले यसको सामाधानका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई पत्राचार गरिएको गोदावरी नगरपालिका प्रमुखको कार्यालयले जनाएको छ । नगरप्रमुख बिरेन्द्र भट्टले चोकको समग्र समस्या सामाधानका लागि जेठ १२ गते डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुखलाई गोदावरी नगरपालिका कार्यालयमा पत्राचार गरी बोलाइएको बताए ।

उनले चोकको नाला लगायतको समस्या साधानका लाग के गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिने बताए । चोकमा पानीको निकास नहुँदा गत बर्ष पनि दर्जन बढी पसल बर्षादको समयमा डुबानमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.