चुनावी एजेण्डा बन्दै प्रदेश राजधानी

सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणको विषय अहिले फेरी चुनावी एजेण्डा बन्न थालेको छ । प्रदेशको कैलाली क्षेत्र नं. ४ मा विभिन्न पार्टिहरुले आ–आफ्नो पक्षमा मत पार्न यहाँका जनताहरुका सामु राजधानीको विषयलाई लगिरहेको देखिदैछ । अहिले राजधानीको विषयले सामाजिक सञ्जालहरुमा समेत चर्चा पाईरहेको छ ।

Karma Consultancy

सामाजिक सञ्जाल फेसबुकमा यहाँका विभिन्न पार्टिका नेता कार्यकर्ताहरुले राजधानीको विषयलाई मुल जरो बनाई भोट मागिरहेका छन । केही दिन पहिले नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा आसन्न निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका विर बहादुर बलायरले राजधानी हावामा छ भनेको कुरा अहिले छ्याप्छ्याप्ती सामाजिक सञ्जालहरुमा आईरहेको छ । नेकपा एमालेका नेताकार्यकर्ताहरुले सोही मेसोलाई आधार बनाई अहिले भोट मागीरहेका छन । कतिपय मिडियाहरुले त झन राजधानी बनाउन चाहने यो र बनाउन नचाहने यो बिच प्रतिष्पर्धा हुदै भन्ने सम्मका समाचारहरु छापेका छन ।

citizen security services

चुनावको मुखमा भैरहेका यस्ता गतिविधिहरुले प्रदेशको राजधानी निर्माणको विषय चुनावी नारामै सिमित हुने पक्का जस्तै बनेको छ ।

attariya hospital

२०७४ साल मा भएको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा विजयी बनेका उम्मेदवारहरुले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकामा बनाउने निर्णय गरेको थियो । प्रदेशको नाम र राजधानीका लागी प्रदेश सभाले राजधानीको स्थान र नाम छनोटका लागि तत्कालिन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय विशेष सुझाव समिति समेत बनाएको थियो । सो समितिमा तत्कालीन सत्तारुढ दल नेकपाको तर्फबाट तामाङसहित सोही दलकै बलदेव रेग्मी, प्रेम प्रकाश भट्ट र चुनकुमारी चौधरी थिए ।

समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट श्यामलाल राना थारु थिए । उक्त समितिले स्थायी राजधानीको लागि कैलालीको गोदावरी नगरपालिका – २ र ४ तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तर पश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चार किल्ला क्षेत्र सिफारिस गरेको थियो । २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेश सभाको दुई तिहाइ बहुमतबाट उक्त स्थान नै स्थायी राजधानी घोषणा भएको थियो ।
प्रदेशको स्थायी राजधानी घोषणा गर्ने प्रदेश सभाका सदस्यहरुको कार्यकाल सकिईसकेको छ ।

तर राजधानी निर्माणको कार्य सुरु समेत भएको छैन । विगत ५ वर्षदेखी गुपचुप रुपमा रहेको राजधानीको प्रशंग अहिले फेरी दोहोरीएको छ । चुनाव नजिकै आईरहेकाले अहिले आफ्ना नेताहरुलाई जिताउन कार्यकर्ताहरुले प्रदेशको राजधानीको विषयलाई चुनावी नारा बनाईरहेका छन ।

स्थायी राजधानीको स्थान तय भएको ४ वर्षसम्म न जग्गा प्राप्ति भएको छ, न त प्रदेश सरकारबाट एउटा बोर्ड राखिएको छ । १२ गते नै प्रदेशको नाम र प्रदेशको राजधानी घोषणा भएको थियो । तत्काल नै प्रदेशको नाम चलनचल्तीमा आए पनि राजधानीको विषय भने अन्यौलमा प¥यो । ५ वर्षसम्म सत्तामा हुदाँ प्रदेशको राजधानी बनाउन नसक्ने नेताहरुले अहिले चुनावका लागी फेरी सोही राजधानीको विषयलाई अगाडी सारिरहेका छन । सत्तामा हुदाँ राजधानीमा सिन्को सम्म नभाँच्ने नेताहरु अहिले राजधानी बनाउने भन्दै विभिन्न सपनाहरु नागरिकहरुलाई देखाउन थालेका छन ।

पहिलो प्रदेश सभामा निर्वाचित सदस्यहरुले घोषणा गरेको राजधानी पहिलो प्रदेश सरकारले बनाउन नसक्दा अव यसको भविश्य पनि अन्योलमा परेको छ । घोषणा गरेको राजधानीलाई त्यत्तिकै थाती राखेर उनीहरुले चुनावमा होमिई फेरी यसलाई फेरी चुनावी एजेण्डा बनाएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.