तराई क्षेत्रमा डुबानको जोखिम किन ?

पछिल्लो केहि दिन यता देखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र डुबानमा छ । प्रदेशमा रहेका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा डुबानको सबै भन्दा बढी समस्या छ । प्रदेशको अस्थायी राजधानी रहेको कैलालीको धनगढीमा रहेका कतिपय सरकारी कार्यालयहरुभित्रै पानी पसेको छ ।

Karma Consultancy

धनगढीमा रहेका नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र, गुणस्तर तथा नापतौल कार्यालय मात्रै नभई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको परिषरमा पनि पानी भरिएको छ । धनगढीको विद्युत वितरण केन्द्रमा त झन ग्राहक सहायत कक्ष नै पानीले भरीभराउ बनेको छ । डुबानको समस्या विगत देखि नै धनगढी, अत्तरिया लगायतका बजारहरुले झेल्दै आएको छ ।

citizen security services

दशैँ मनाउन टाढा टाढाबाट घर फर्किएका तराईबासीहरु डुबान र बाढीकै कारण तनावग्रस्त छन । निरन्तर वर्षा हुँदा कतै डुबान त कतै बाढीको जोखिम देखिएका छन । तर विगतदेखि को समस्या भने अहिले सम्म समाधान हुन सकेको छैन । वर्षाका कारण कैलालीका पुर्वी क्षेत्रहरुमा बाढीको समस्या मौलाएको छ ।

attariya hospital

कर्णाली नदीमा आउने बाढीका कारण सो क्षेत्रका मानिसहरु वर्षाको समयमा सधै घर बाहिर सडकमा बास बस्नुपर्ने अवस्था छ । यसपटक दशैंको टिकाको दिन देखि परेको अविरल वर्षाका कारण फेरी पनि सो क्षेत्रका बासिन्दाहरुले सोही समस्या झेल्नुपरेको छ । कर्णाली नदीमा शनिबार बिहान ९ दशमलव ८ मिटर पानीको सतह पुगेको थियो । त्यसअघि असोज १ गतेको बाढीका कारण कर्णाली नदीमा पानीको सतह १०.८० मिटर रेकर्ड भएको थियो । यसरी डुबान र बाढीका कारण तराई क्षेत्रका नागरिकले वर्षायाममा सदैव चिन्ता लिनुपर्ने अवस्था सिर्जना भएको छ ।

चिन्ताको विषय सिर्जना किन भयो भन्ने बारेमा पनि कसैले ध्यान नदिदाँ यसले झन उप्र रुप लिने चिन्ता अर्काे थपिएको छ । तराईमा शहरीकरण बढेसँगै यहाँ भएका खोलानालाहरु अतिक्रमण गरी महल खडा गर्ने परिपाटीको विकास भयो । जसले यहाँका दर्जनौ खोलानालाहरुको अस्तित्व हरायो । ढल निकासको उचित मार्ग बनेका यस्ता खोलानालाहरुको अतिक्रमण तिब्र बन्दा शहरमा ढल निकासको समस्या सिर्जना भयो । फलस्वरुप ढल निकास हुन नसक्दा अहिले नागरिकले डुबानको समस्या झेल्नुपरेको छ ।

आफ्नो स्वार्थका लागी डुबानको समस्या सिर्जना गर्ने आम नागरिकले आफुलाई मात्रै नभई सिँगो शहरलाई नै डुबानको खतरामा उभ्याएको हुन्छ । खोलानालाहरुमा हुने अतिक्रमण अहिले पनि जारी छ । पछिल्लो समयमा त झन यसले विकराल रुप नै लिएको छ । प्राकृतिक रुपमा निश्चित धारमा बग्ने खोलानालाहरुलाई साँघुरो पार्ने तथा खोलानालाहरुको अस्तित्व नै समाप्त पार्न खोज्दा तराईबासीले त्यसको नतिजा वर्षेनी भोग्दै आउनुपरेको छ । वर्षायाममा ढल निकासको चिन्ता गर्ने तर हिँउद लागेपछि फेरी बाँदरकै ताल देखाउने मानिसका कारण नै यो समस्या दिनानुदिन बढ्दै गईरहेको छ ।

आफुले आफ्नो स्वार्थपुर्तिका निम्ति खनेको खाल्टोमा स्वयम् आफै पर्दा पनि प्राकृतिक सम्पत्तिहरु अतिक्रमण गर्ने भुमाफियाहरुको बुद्धि फिर्न सकेको छैन । तसर्थ बाढी तथा डुबानको समस्या मानिसले निम्त्याएको भएकाले त्यसको समाधानका लागी पनि नागरिकले नै बढी जिम्मेवार बन्नुपर्दछ । यसमानेमा प्रदेशमा रहेका स्थानीय तथा प्रदेश सरकारले चुप लागेर हेरिराख्नुपर्छ भन्न खोजिएको हैन । स्थानीय तथा प्रदेश सरकारले पनि अतिक्रमित सम्पत्तिहरु फिर्ता गर्ने काम सुरु गर्नुपर्दछ ।

अतिक्रमण गर्ने नागरिकलाई कारबाहीको तरिका अपनाउनुपर्दछ । खोलानालाहरुको अतिक्रमण रोकी ढल निकाशमा सहजता दिलाए अवश्य पनि तराई क्षेत्रमा डुबानको समस्या समाधान हुनेछ । डुबानका मुल कारण खोलानालाहरुको अतिक्रमण नै हो, त्यसैले त्यस्तो कार्य रोकी समयमै तराई क्षेत्रको डुबानको समस्या समाधानमा सरकार अग्रसर हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.