गोदावरीका ७ तस्विर (साताका तस्विर)

यो साता सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिका भित्रका ७ तस्बिर यसमा प्रस्तुत गरिएका छन ।

Karma Consultancy

citizen security services

यो साता दशैं विशेष रहेको थियो । दशैंकै अवसरमा कैलालीको गोदावरी नगरपालिका – १ मा थारु समुदायको संस्कृती संरक्षण र शुभकामना आदानप्रदान गरेको कार्यक्रममा सखिया नाँच देखाउँदै स्थानीय महिला ।

attariya hospital

दशैंकै अवसरमा नेपाली सेनाले सप्तमिका दिन भित्र्याएको फुलपाती । तेघरी स्थित नेपाली सेनाले धनगढीबाट अत्तरिया चोक परिक्रममा गर्दै फुलपाती भित्र्याएको थियो ।


चोकमा राखिएको डिजिटल बोर्ड । गोदावरी नगरपालिकाले राखेको यो सुदूरपश्चिममा बिभिन्न पर्यटकिय क्षेत्र झल्कने तस्बिर राखिएका छन ।


दशैंलाई लक्षित गरि अत्तरिया चोकमा राखिएको हाईमास्ट लाईट जडान गर्न सहयोग गर्दै गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट ।


खानेपानीको पाईप फुटेपछि हिलाम्मे सडक । अत्तरियाको लोटस गल्लीमा खानेपानीको पाईप फुटेपछि सडक हिलाम्मे बनेको छ ।


यो साता लगातारको बर्षादका कारण पाकेको धान बालि भित्र्याउन नपाएर किसान चिन्तित बनेका छन । बर्षातले पाकेको धान ढलेर उम्रिन थालेको छ ।


बर्षातकै बिच चुनावको चटारो छ । सोही क्रममा बर्षातमा भिज्दै निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्न आउँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर । उनले असोज २० गते कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.