गोदावरीमा स्थानीय चुनाव लडेका २५७ जनालाई कारवाही

अत्तरिया – स्थानीय निर्वाचन २०७९ मा कैलालीको गोदावरी नगरपालिकामा निर्वाचन लडेका २५७ जना कारवाहीमा परेका छन । स्थानीय तहको निर्वाचनमा कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउने प्रमुख र उपप्रमुखमा पदमा उम्मेदवार बनेका १३ जना सहित २५७ जना कारवाहीमा परेका हुन ।

maya metro hospital

नगरको प्रमुखमा चुनाव लडेर कारवाहीमा पर्नेमा मेयरमा नेपाली कांग्रेसबाट निर्वाचित बिरेन्द्र भट्ट सहित नेकपा एमालेबाट चुनाव लडेका गोकर्ण भट्ट, स्वतन्त्रबाट चुनाव लडेका टेक बहादुर विक, राप्रपाबाट चुनाव लडेका दुर्गा कुमार पोखरेल, लोसपा नेपालबाट चुनाव लडेका फकलु चौधरी, स्वतन्त्रबाट चुनाव लडेका मिने मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीबाट चुनाव लडेका राम बहादुर रावल, नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका विक्रम विश्वकर्मा र राष्ट्रिय जनमोर्चाबाट चुनाव लडेका हरी कृष्ण पाण्डेय रहेका छन ।

joshi vada pasal 2

उपप्रमुखमा चुनाव लडेर कारवाही पर्नेमा राष्ट्रिय जनमोर्चाबाट चुनाव लडेकी कल्पना बराल, राप्रपाबाट चुनाव लडेकी खिमा देवी बिष्ट, नेकपा एकीकृत समाजवादीबाट चुनाव लडेकी रत्ना कडायत, नेकपा माओवादीबाट चुनाव लडेकी रिता खड्का कारवाहीमा परेका छन । उपमेयरमा नेकपा एमालेबाट निर्वाचित शारदा रोकाया भने कारवाहीमा परेकी छैनन् । स्थानीय तह निर्वाचनामा प्रमुख र उपप्रमुखमा उम्मेदवार भइ निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउनेलाई ४ लाख ५० हजार जरिवाना तोकिएको छ ।

आयोगले निर्वाचन खर्चको विवरण नबुझाउनेलाई स्पष्टीकरण दिन ७ दिने सूचना दिएपनि चित्त बुझ्दो जवाफ नआएकाले कारवाही गरिएको जनाएको छ । अब पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने र विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पद जाने कानूनी व्यवस्था छ । निर्वाचनामा वडा अध्यक्ष र सदस्यमा उम्मेदवार भइ कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउनेलाई भने २ लाख जरिवाना गरिएको छ ।

वडाका कारवाहीमा पर्नेहरुमा वडा नम्बर १ को वडा अध्यक्षमा निर्वाचित गोपाल दत्त भट्ट सहित वडा अध्यक्षमा उम्मेदवार बनेका ६ जना र वडा सदस्यमा निर्वाचित भएका सहित १० वडा सदस्य रहेका छन । वडा नम्बर २ मा पराजित भएका ३ जना वडा अध्यक्षका उम्मेदवार र पराजित भएका ११ जना वडा सदस्यका उम्मेदवार कारवाहीमा परेका छन । वडा नम्बर २ बाट निर्वाचित भएका उम्मेदवार भने कारवाहीमा परेका छैनन् ।

वडा नम्बर ३ मा विजय भएका वडा अध्यक्ष तेज राज अवस्थी सहित ५ जना र वडा सदस्यमा निर्वाचित भएका सहित १७ जना र वडा नम्बर ४ मा वडाध्यक्षमा निर्वाचित भएका हेम प्रकाश मल्ल सहित ६ जना र वडा सदस्यमा निर्वाचित भएका सहित १९ जना कारवाहीमा परेका छन । वडा नम्बर ५ मा वडा अध्यक्षमा पराजित भएका ५ र वडा सदस्यमा पराजित भएका १७ जना कारवाहीमा परेका छन भने वडामा विजयी भएका वडा अध्यक्ष र सदस्यले भने कारवाहीमा नपरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

वडा नम्बर ६ मा पनि वडाध्यक्षमा पराजित भएका ३ जना र वडा सदस्यमा पराजित भएका ११ जना कारवाहीमा परेका छन । यस वडामा पनि निर्वाचित पाँचै जना जनप्रतिनिधि कारवाहीमा परेका छैनन् । वडा नम्बर ७ मा वडाध्यक्षमा पराजित भएका ३ र वडा सदस्यमा पराजित भएका १० जनाले खर्च वितरण बुझाएका छैनन् । उक्त वडामा निर्वाचित भएका जनप्रतिनिधिले कारवाहीमा परेका छैनन् ।

वडा नम्बर ८ मा वडाध्यक्षमा निर्वाचित भएका गोविन्द चौधरी सहित ५ जना र निर्वाचित भएका वडा सदस्य सहित २५ जना कारवाहीमा परेका छन । वडा नम्बर ९ मा पनि वडाध्यक्षमा निर्वाचित भएका राम लाल राना सहित ८ जना वडा अध्यक्ष र वडा सदस्यमा निर्वाचित भएका सहित २२ जना कारवाहीमा परेका छन । वडा नम्बर १० मा निर्वाचित भएका वडाध्यक्ष रबिन्द्र शाही सहित ३ जना र वडा सदस्यमा निर्वाचित भएका ११ जना कारवाहीमा परेका छन ।

वडा नम्बर ११ मा वडा अध्यक्षमा निर्वाचित प्रेम सिह बडेला सहित ४ जना र वडा सदस्यमा निर्वाचित भएका ४ सहित १३ जना कारवाहीमा परेका छन । वडा नम्बर १२ मा वडा अध्यक्षमा निर्वाचित भएका भीम बहादुर खड्का सहित ६ जना र वडा सदस्यमा निर्वाचित भएका ४ सहित २१ जना कारवाहीमा परेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.