बाढीपहिरो पीडितलाई राहतको प्रयास सकारात्मक

बिहिबार रातीदेखि ३ दिनसम्म लगातार परेको अविरल वर्षाले सुदूरपश्चिमा ठूला धनजनको क्षती ग¥यो । वर्षाका कारण पहाडी जिल्लाहरुमा पहिरोले सत्यानाश पा¥यो भने तराईका जिल्लाहरुमा बाढीले आतंक मच्चायो । प्रदेशको पहाडी जिल्ला अछाममा मात्रै पहिरोमा परेर २३ जनाको मृत्यु भयो । पहिरोले घरबार विहिन बनेकाहरु त सयौको संख्यामा छन । केही मानिसहरु घाईते पनि भएका छन ।

यता तराईका जिल्लाहरुमा बाढीले घरबार डुबायो । बाढीका कारण कैलालीका करिब ४ हजार भन्दा बढी मानिसहरु विस्थापित हुँदा ३ जनाको मृत्यु नै भयो भने कञ्चनपुरमा करिब ५ सय घरहरु डुबानमा परे । प्रदेशका नागरिकको यस्तो दयनिय अवस्थामा प्रदेश सरकार चुप लागेर बस्न हुदैनथ्यो र लागेन पनि । प्रदेश सरकारको आन्तरिक मामीला तथा कानुन मन्त्रालयले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिने निर्णय गरेको छ । प्रदेश सरकारको यो निर्णय सह्रानिय छ ।

joshi vada pasal 2
bishal shuit house

प्रदेशले सोमबार विपद् कार्य समितिकोे बैठक मार्फत बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राहत र क्रिया खर्च वाफत गरी कुल १ लाख २० हजार दिने निर्णय गरेको छ । यसैगरी घरमा क्षती भएका परिवारलाई ५० हजार नगद दिने निर्णय गरेको भने पीडितहरुलाई राहत स्वरुप खाद्यान्न वितरणका लागी सम्बन्धीत स्थानीय तहलाई एक करोड रुपैया दिने निर्णय समेत गरेको छ । त्यती मात्रै नभई घरबार बिहिन बनेका परिवारहरुलाई डेंगुको जोखिमबाट बचाउन १० लाख बराबरका झुल र बस्नका लागी १० लाख बराबरकै म्याट किनेर वितरण गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । विपद्का समयमा सरकार भएको अनुभूति दिलाउने किसिमको प्रदेश सरकारको उक्त कार्य एकदमै स्वागतयोग्य छ ।

प्रदेशका नागरिकहरुको अभिभावक भएको नाताले समस्या पर्दा त्यसको समाधान गर्ने र सहयोग गर्ने जिम्मेवारी प्रदेश सरकारको हुन आउँछ । प्रदेशलाई नागरिकमैत्री बनाउन र नागरिकले भरोसा गर्न योग्य बनाउन यस्ता किसिमका कार्यहरु प्रदेश सरकारले गर्दै जानुपर्दछ । विगतका केही कार्यहरुले गर्दा स्थानीयमा प्रदेश सरकारको खारेजी सम्बन्धी माग गर्ने कुराहरु समेत उठेका छन ।

maya metro hospital

प्रदेश सरकारलाई नागरिकको सहयोद्धाका रुपमा उभ्याउन नागरिकका हरेक आवश्यक जायज कुराहरुमा प्रदेश सरकारले सकारात्मक प्रतिक्रिया दिन सक्नुपर्दछ । नागरिकलाई प्रदेश सरकार भएको अनुभुती दिलाउन नागरिकको घाउँमा मल्हम लगाउने, कार्यकर्तामुखि मात्रै नभई नागरिकमुखि बनेर पहाडका कुना कन्दरा देखि तराईका समथल फाँटहरुमा विकासको विगुल फुक्ने कार्यमा अब ढिलाई गर्नुहुदैन ।

प्रदेश सरकारको अस्तित्वको सवालमा प्रदेशका मन्त्री तथा सांसदहरुले कदम पछाडी गर्न पाईदैन । बाढीपहिरो पीडितलाई राहत प्रयास गर्नु प्रदेश सरकारको सकारात्मक पक्ष हो । यस्ता कार्यहरुले प्रदेश सरकारप्रति नागरिकको सोचाई अवश्य परिवर्तन हुने छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.