खाेज्नुहाेस

अत्तरियामा रहेको थ्रीडीभिएल सहकारीको बार्षिक साधारसभा सम्पन्न

Image

अत्तरीया – कैलालीको अत्तरियामा रहेको थ्रीडिभिएल बहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक साधार सभा सम्पन्न भएको छ । सोमबार सस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

navjiwan hospital

थ्रीडिभिएल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपक ओझाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नगर सहकारी शाखाका प्रमुख दिव्यराज जोशी रहेका थिए ।

attariya hospital

हाल संथाको वास्तविक सम्पती १ लाख २६ हजार रहेको छ । त्यस्तै नगद मौज्दाता हालको वास्तविक सम्पती १० लाख ८० हजार ५३ रुपैया र असार मसान्त सम्मको ५ लाख २४ हजार २ सय २० रुपिया रहेको छ ।

यस्तै संस्थाको जम्मा वास्तविक खर्च १ लाख ३६ हजार ९ सय ४९ र जम्मा वास्तविक आम्दानी २६ हजार ८ सय ५० रुपैंया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सस्थाले सोही अवसरमा दशै तथा तिहारको शुभकामना आदानप्रदान गरेको थियो ।