खाेज्नुहाेस

विकासको नाममा विनास निम्त्याउने काम नगरौ

Image

बिहिबार राती देखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा भौतिक एवम् मानविय क्षती भयो । प्रदेशको पहाडी जिल्ला अछाममा त बाढीपहिरोले वितण्डा नै मच्चायो । आईतबार साँझ सम्मको तथ्यांक हेर्ने हो भने अछामको तिन ओटा पालिकामा पहिरोमा परि २२ जनाले ज्यान गुमाए भने एक जना बेपत्ता छन ।

पहिरोकै कारण सो जिल्लामा १२ जना घाईते भए । यसैगरी बाढीका कारण कैलाली कञ्चनपुरका विभिन्न स्थानमा डुबान हुँदा हजारौ मानिस घरबार बिहिन भए । कैलालीमा १५ घर डुबानमा पर्दा २ जनाको मृत्यु भएको थियो भने २ जना घाईते भएका छन । उता कञ्चनपुरमा भने बाढीका कारण ३ सय घर डुबानमा परेको प्रहरीहरुको तथ्यांकमा देखाएको छ ।

attariya hospital

मानविय क्षती नभएपनि कञ्चनपुरमा भौतिक क्षती बढी भएको थियो । बाढीपहिरोका कारण बिहिबार देखि भिमदत्त राजमार्ग लगायतका विभिन्न राजमार्गहरु अवरुद्ध बनेका थिए । तथापी डोजर लगाएर पहिरो गएको स्थान खाली गरी सवारी सुचारु गर्ने कार्य जारी राखिँदा यात्रुहरुलाई धेरै समस्या हुन पाएन ।

navjiwan hospital

गत महिनामा मात्रै प्रदेशकै दार्चुला जिल्लामा बाढीपहिरोले वितण्डा मच्चाएको थियो । गत भदौमा आएको बाढीपहिरोले दार्चुलामा ५ जनाको मृत्यु भएको थियो । यसरी पछिल्लो केही वर्ष यताको तथ्यांक हेर्दा सुदूरपश्चिममा बाढीपहिरोको क्षती भयावह भएको देखिन्छ । यस्ता घटनाहरुमा कतिपय स्थानमा उद्धार गर्न नसकिदा पनि मानविय क्षती बढी हुने गरेका छन । पहाडी क्षेत्रहरुमा डाडाँमा घर हुने हुँदा माथीबाट पहिरो आउन सक्ने जोखिम हुन्छ । तर बाटो नहुँदा बाढीपहिरोको बिचमा फसेका मानिसहरुको उद्धारमा समस्या हुने गर्दछ ।

पहाडी क्षेत्रहरुमा बाढीपहिरोका कारण वर्षेनी बाटो अवरुद्ध हुने गर्दछ, जसले गर्दा आवश्यक परेको बेला उद्धार गर्न नसकिने अवस्था हुन्छ । विकासका नाममा वातावरणीय प्रभाव मुल्यांकन बिनै चलाईने डोजरका कारण पहाडी क्षेत्रहरुमा पहिरोको जोखिम बढी हुने गरेको छ ।

कच्चि बाटोहरु खन्दा जाम भएको माटो खुकुलो हुन्छ र सानो वर्षा हुँदा पनि पहिरो जाने सम्भावना बढी हुन्छ । त्यसैले विकासको नाममा पहाडी क्षेत्रहरुमा जथाभावी डोजर चलाउने कार्य बन्द गरिनुपर्दछ । कुनै निश्चित ठाउँमा सडक सञ्जाल पु¥याईदा वातावरणीय प्रभाव कस्तो हुन्छ भन्ने कुरा मुल्यांकन गरेर मात्रै आवश्यक कार्य गर्ने गरौ ।

यता तराई क्षेत्रमा आउने बाढीको मुख्य कारण खोलानालाको अतिक्रमण नै हो । पैसा कमाउने लोभले गरिने खोलानालाहरुको अतिक्रमणका कारण भविष्यमा कस्तो समस्या निम्तीन्छ भन्ने कुरा बिर्सिदा त्यसको नतिजा वर्षायाममा भोग्नुपर्ने हुन्छ । त्यसैले प्रकृतिको विनासबाट बच्न प्रकृति मैत्री वातावरणलाई विगार्ने काम नगरौ । विकासको नाममा हुने प्रकृतिको विनास गर्ने कामहरुलाई रोकी प्राकृतिक विपत्तिबाट जोगिऔं ।