गोल्डेन आइडलको उपाधिका लागि सघर्ष गर्दै अत्तरियाका प्रेम सुनार

अत्तरिया – नेपाल गोल्डेन आइडलको उपाधिका लागि कैलालीको गोदावरी नगरपालिका – ३ अत्तरियाका प्रेम सुनार संघर्षरत छन । आठैं संस्करण अन्तरगत गायनबाट टप ३० मा पुगेका सुनार अब टप १५ मा पुग्न जनताको साथ खोजिरहेका छन ।

maya metro hospital

टप १५ मा पुग्नको लागि भोटिङमा निर्भर पर्नु पर्ने भएकाले उनले भोटका लागि अपिल गरेका छन । भारतमा मजदुरी गरेर सांगितिक यात्रा संगसंगै अगाडी बढाइरहेका सुनार आफ्नो गित संगितको तिर्खा मेटाउन गोल्डेन आइडलको प्लेटफर्मले साथ दिनेमा ढुक्क छन ।
३० बर्षिय सुनार सानैदेखि गित संगितमा रुचि राख्ने गरेका थिए । हालसम्म ३ वटा गित बजारमा ल्याइसकेका सुनार भारतमा होटलको काम संगै संगितको यात्रा अगाडी बढाइरहेको बताउँन्छन । उनले हाल सम्म ‘तिम्रो लागि’, ‘सण्डे, मण्डे’ र ‘मायाले’ बोलको गित बजारमा ल्याइसकेका छन ।

joshi vada pasal 2

‘भारतमा काम गर्न थालेको ८ बर्ष पुगिसकेको छ । सो अवधिमा मैले खालि समय गित संगितमा दिदैं आएको छु’ अत्तरिया अनलाइन संग कुरा गर्दै उनले भने ‘भारतमै केहि समय संगित पनि सिके । तर, सोचे अनुसारको समय र पैसा खर्च गर्न नसक्दा बिचमै छोड्नुप¥यो ।’

गित संगितबाट आफ्नो पहिचान बनाउन संघर्षरत सुनार एक दिन आफुले गित संगितमा देखेको सपना पुरा हुने आशामा छन । घरको आर्थिक अवस्था कमजोर भएपनि गित संगितको यात्रामा भने परिवारबाट पनि साथ र हौसला पाउने गरेको उनी बताउँन्छन ।

हाल गोल्डेन आइडलको टप १५ मा पुग्न सके आफ्नो सांगितिक यात्रालाई थप अगाडी बढाउन सहज हुने उनी बताउन्छन् । जसका लागि राम्रो प्रस्तुति संगै जनताको भोटको पनि आवश्यकता भएकाले उनले भोट गरेर सहयोग गरिदिन आग्रह गरेका छन ।

गोल्डेन स्टार मल्टिमिडिया प्रालीले उत्पादन गरेको नेपाल गोल्डेन आइडल एनटिभी प्लस र न्युज नेपाल एचडीमा प्रशारण हुने गरेको छ । उक्त आइडलका लागि हाल ३० जना प्रतिस्पर्धि मैदानमा छन । जसबाट भोटको आधारमा १५ जना छनोट हुने छन । भोटिङका लागि असोज १ गते सम्म समय तोकिएको छ ।

यस्तो छ भोट गर्ने प्रक्रिया

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.