कागजी राजधानी बासी बिष्ट भन्छन ‘अब बन्दैन’

अत्तरिया – कैलालीको गोदावरीमा राजधानी तोकिएपछि जय बहादुर बिष्टलाई आफ्नो घरको ठेगाना भन्न सहज भएको छ । गोदावरी नगरपालिकाको २ र ४ मा राजधानी तोकिएको क्षेत्रबाट सबैभन्दा नजीक उनकै घर पर्दछ । त्यसैले उनी राजधानी संगै जोडीएको घर आफ्नो भएको परिचय दिँदै आएका छन । तर, पछिल्लो ४ बर्षमा जुन राजधानी संग उनको परिचय जोडीएको छ त्यो राजधानी बन्नेमा भने उनले आशा मारिसकेका छन ।

maya metro hospital

उनी अब पुरानो राजधानी तोकिएको बासिन्दा भएको भनेर परिचय दिने दिन आउने निश्चित भएको बताउन्छन । ‘अब यो ठाउँमा राजधानी बन्ने सम्भावना निकै कम देखिन्छ’ उनी भन्छन ‘उतीबेला नेताहरुले यो ठाउँमा राजधानी घोषणा गरिहाले । तर, मनैबाट राजधानी यस क्षेत्रमा बनाउने कसैको इच्छ्या थिएन् सायद ।’ उनले कैलाली कंञ्चनपुरबाट जितेका र पहाडबाट जितेर पनि कैलाली कञ्चनपुरमा घर जमिन भएका नेताहरुको बलमा गोदावरीमा राजधानी तोकिएको बताए ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका – २ मा पुख्र्यौली घर भएका बिष्ट अब राजधानी डोटीमै बनाएपनि आफूहरुलाई भने कुनै फरक नपर्ने बताउँन्छन् । ‘हामीले यही क्षेत्रमा राजधानी बनाउनु पर्छ भनेर माग गरेकै होइनौ । नेताहरुले आफै यस क्षेत्रमा राजधानी घोषणा गरे’ उनले भने ‘नामको मात्रै राजधानी घोषणा गर्दा अहिले यस क्षेत्रमा जग्गाको मुख्य मात्रै बढेको छ ।’ ३६ बर्ष शिक्षण पेशामा आवद्ध भएर अवकास पाएका बिष्ट नेताहरुले जता राजधानी बनाएपनि नामको मात्रै राजधानी बनाउन नहुँने सुझाव दिन्छन ।

attariya hospital

राजधानी घोषणा गरेको ४ बर्ष पुग्न लाग्दा पनि कुनै पनि भौतिक काम नहुँदा अहिले यस क्षेत्रका स्थानीयले राजधानी हुने आशा मारिसकेका छन । त्यसैमा चुनाव नजिकिदै जाँदा राजधानीको पक्षमा मतदान गरेकै नेताहरु पनि गोदावरी राजधानी बनाउन गलत भएको तर्क गर्न थालेका छन । पहिलो प्रदेश सभामा निर्वाचित सदस्यहरुले घोषणा गरेको राजधानी पहिलो प्रदेश सरकारले बनाउन नसक्दा अव यसको भविश्य पनि अन्योलमा परेको छ । अब मंसिर ४ को चुनाव नजिकै आएकाले अहिलेको प्रदेश सभाले गरेको निर्णय कार्यान्वयन नभएकाले अब नयाँ प्रदेश सभाले यसको निर्णयलाई परिवर्तन गर्न सम्भावना पनि उतिकै बढेको छ ।

यसको संकेत अघिको साता मात्रै नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बिर बहादुर बलायरको अभिव्यक्तिले पनि गर्छ । उनले एक प्रेस सम्मेलनमा सुदूरपश्चिमको राजधानी अहिले पनि आकाशमा रहेको र, यसलाई जसले टिप्न सक्छ उसैको हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए । यस्तै अघिल्लो साता नै राजधानीको पक्षमा मतदान गरेकी प्रदेश सभा सदस्य पूर्णा जोशीले पनि राजधानी गोदावरीमा घोषणा गरेकोमा पछुतो लागेको टिप्पणी गरेकी थिइन् । यसरी चुनावकै मुखमा नेताहरुका अभिव्यक्ति फेरिएकाले पनि राजधानीको भविष्य अघिल्लो प्रदेश सभामा हातमा पुगेको भान यस क्षेत्रका जनताले गर्न थालेका छन ।

सुदूरपश्चिम प्रदेश सभाले २०७५ साल असोज १२ गतेको गोदावरीमा राजधानी तोक्ने निर्णय गरेको थियो । उता प्रदेश सरकारले भने नेपाल सरकारबाट अहिलेसम्म जग्गा प्राप्ति नभएकाले राजधानी बनाउन नसकेको बताउँदै आएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.