कैलाली क्षेत्र नम्बर ४ का ४ बलिया दाबेदार

अत्तरिया – प्रतिनिधिसभा निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ४ मा ४ जना उम्मेदवार बलिया दाबेदारका रुपमा अगाडी देखिएका छन । टिकटका लागि नेताहरुको दौडधुप जारी रहे पनि मुख्य रुपमा अहिले सम्म ४ जना अगाडी देखिएका छन ।

maya metro hospital

जसमा नेपाली कांग्रेसबाट २ जना, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट १/१ जना बलिया दाबेदारका रुपमा प्रस्तुत भएका छन । एमालेबाट २०७४ सालको निर्वाचनमा विजयी भएका लेखराज भट्ट मुख्य दाबेदारका रुपमा रहेका छन भने कांग्रेसबाट २ जना सुनील भण्डार र डा. लक्ष्मीराज पाठकको चर्चा छ । त्यस्तै एकीकृत समाजवादीबाट दीर्घराज सोराडी पनि बलिया दावेदारका रुपमा अगाडी देखिएका छन ।

joshi vada pasal 2

लेखराज भट्ट यस अघिको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए । हाल उनी एमालेका केद्रिय सचिव रहेका छन । सचिव भट्टले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ३१ हजार ३५९ मत ल्याएर विजयी भएका थिए । त्यसअघि २०७० को निर्वाचनमा भने लेखराज भट्ट कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए ।

कांग्रेसका सुनील भण्डारी पनि दोस्रो पटक प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्प्रधाको मैदानमा उत्रिने तयारीमा छन । उनले २०७४ सालको निर्वाचनमा २० हजार ९६० मत ल्याएका थिए । उनी भट्ट संग १० हजार ३ सय ९९ मतान्तरले पराजित भएका थिए । २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धन बनाएर चुनाव लडेका थिए ।

कांग्रेसबाटै प्रतिनिधि सभा निर्वाचनका लागि दावेदारी गरेका डा. पाठक पनि बलिया उम्मेदवार हुन । लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका डा. पाठक कांग्रेसका पूर्व महाअधिवेशन प्रतिनिधि हुन । उनले आफू प्रतिनिधि सभा निर्वाचनका लागि दाबेदार रहेको बताए ।

एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य, कैलाली ईन्चार्ज तथा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सोडारी पनि क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा निर्वाचनमा बलियो दावेदारका रुपमा प्रस्तुत भएका छन् । उनले यसअघि २०७४ सालको प्रदेशसभा निर्वाचनमा क्षेत्र नं ४ को (क) बाट १६ हजार ११५ मत पाएर जित हासिल गरेका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञराज चौधरीले ११ हजार ४२५ मत ल्याएका थिए ।

केन्द्रमा भएको निर्णय अनुसार क्षेत्र नम्बर ४ मा गठबन्धन भएका कांग्रेस, समाजवादी मध्ये १ जनाले मात्रै टिकट पाउने छन । उता एमालेबाट भने एमाले सचिव भट्टले टिकट पाउने सम्भावना बलियो छ ।

तर, अघिल्लो निर्वाचनमा एमाले सचिव भट्ट सहज रुपमा विजयी भए पनि यस पटक भने त्यतिबेलाको समिकरण नै फेरबदल भएकाले उनलाई पनि जित्नका लागि चुनौती छ । तर, कांग्रेस, नेकपा माओवादी केन्द्र र सामाजवादी बिच गठबन्धन भएन भने कडा प्रतिस्प्रधा हुने देखिएको छ ।

यस्तो छ अहिलेको समिकरण

२०७९ सालको स्थानीय निर्वाचनमा जस्तै सत्तारुढ दलबिच गठबन्धन भएमा गठबन्धन नै अगाडी देखिन्छ । स्थानीय निर्वाचनमा वडालाई आधार मान्दा एमाले भन्दा गठबन्धन ११ हजार भन्दा बढी मतले अगाडी छ ।

स्थानीय निर्वाचनमा नेपाली काग्रेंसले गोदावरी नगरपालिकाको मेयर, गौरिगंगाको उप मेयर र चुरे गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले गोदावरीको उप मेयर र चुरे गाउँपालिकाको अध्यक्ष जितेको छ भने माओवादीले गौरिगंगाको मेयर जितेको छ ।

गोदावरीमा काग्रेंसले ७, एमालेले ४ वडा जितेको छ र एक स्वतन्त्रले भने, गौरिगंगामा ६ वडा काग्रेंस, ४ माओवादी र १ समाजवादीले जितेको छ । चुरेमा २ काग्रेंस र ४ वडा एमालेले जितेको छ । स्थानीय तहमा तीन वटै पालिकामा गठबन्धनबाट प्रमुखका उम्मेदवारले पाएको मत ३२ हजार ५ सय ७७ रहेको छ । एमालेका प्रमुखका उम्मेदवारले पाएको मत २१ हजार १ सय ६१ हो । दुबै तर्फको अन्तर झण्डै ११ हजार ४१६ हुन आउँछ । २०७४ सालको निर्वाचनमा भने एमालेका भट्ट र कांग्रेसका भण्डारीको मतान्तर १० हजार ३ सय ९९ रहेको थियो ।

यसरी हेर्दा गठबन्धनबाट कुन रुपमा अगाडी बढ्छ त्यसले नै जित हारको फैसला गर्ने देखिन्छ । यदी गठबन्धन भएन वा आन्तरिक रुपमा कमजोर भयो भने निर्वाचनको परिणामा एमालेको पक्षमा जाने सम्भावना पनि कायमै छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.