धनगढी – डोटीको बोगटान फुड्सिल गाउँपालिकाको गाडी दुर्घटना भएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको बा २ झ ३८७३ नम्बरको जिप शुक्रबार बिहान जोरायल गाउँपालिकास्थित रूवस काँडामा दुर्घटना भएको हो ।

धनगढीतर्फ आइरहेको गाउँपालिकाको जिप र विपरीत दिशाबाट आइरहेको कुखुरा बोकेको अर्को जिप ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा मानवीय क्षति नभएको तर गाडीमा क्षति पुगेको बताइएको छ । जिपमा एकजना वडाध्यक्ष र व्यापारीहरू सवार रहेका थिए ।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला काठमाडौंमा छन् ।















