मालाखेती अस्पतालको स्तरोन्नती गरिदै

राज कुमार साउँद /अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालको स्तरोन्नती गरीने भएको छ । १५ शैय्याको सेवा सञ्चालनको अनुमती रहेको यस अस्पतालको स्तरोन्नती गरिने भएको हो ।

maya metro hospital

२ जना मेडिकल अफिसर र १ जना एमडिजिपी डाक्टरसहित अस्पताललाई ५० शैय्याको अनुमतीका लागी स्वास्थ्य मन्त्रालयसँग छलफल भैसकेको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले बताएका छन । उनले स्वास्थ्य मन्त्रालयमा २ जना मेडिकल अफिसर र १ जना एमडिजिपि डाक्टर माग गरेकोमा १ जना एमडिजिपि डाक्टरको नियुक्तिका बारेमा निर्णय भैसकेको र २ जना मेडिकल अफिसरका लागी भने केही दिन अझै लाग्ने बताए ।

joshi vada pasal 2

नगरपालिका मातहत आएदेखि अस्पतालको व्यवस्थापन फितलो बनेको र सेवा प्रवाह झन झन खस्किदै गएको स्थानीयहरुको गुनासो गरेका थिए । स्थानीयहरुको गुनासोलाई सम्बोधन गर्दै आफु निर्वाचित भएर आएदेखि नै अस्पतालको स्तरोन्नतीका लागी पहल थालिरहेको नगरप्रमुख भट्टले बताए । ‘मालाखेती अस्पतालको सेवा खस्किदो अवस्थामा रहेको भन्दै जनआवाज पटक पटक उठेको हो’ उनले भने ‘त्यती खेरको स्थानीय सरकारले ध्यान नदिएपनि मैले चुनाव लगत्तै यसको लागी पहल थालिरहेको छु ।’

नवनिर्वाचत भएर आएका नगरप्रमुख भट्टले अस्पताल मार्फत नै सम्पुर्ण किसिमका सेवाहरु उपलब्ध गराउने लक्ष्य रहेको बताए । उनले अस्पताललाई ५० शैय्याको बनाउने तयारी थालिएको बताए । ‘केही दिनमै अस्पतालमा आवश्यक डाक्टरहरुको नियुक्ति हुन्छ’ उनले भने ‘त्यसपछि हामी अस्पतालको स्तरोन्नती गरी त्यसलाई ५० शैय्याको बनाउने योजनामा लागेका छौ ।’

उनले ५० शैय्याको बनाउदा अस्पताल प्रदेश सरकार मातहत जाने कुरा पनि चलिरहेकाले त्यसो गर्दा नागरिकलाई फाईदा भए त्यसका लागी पनि आफु तयार रहेको बताए । ‘५० शैय्याको भए प्रदेश सरकार मातहत जाने कुरा पनि सुन्नमा आएको छ, यदी व्यवस्थीत र सर्वसुलभ मुल्यमा नागरिकले सेवा पाउँछन भने त्यो पनि राम्रो हुन्छ’ उनले भने ‘तर प्रदेश मातहत जाने वित्तिकै अस्पतालको अवस्था झन नाजुक भयो भने नागरिकलाई समस्या हुन्छ, तसर्थ नगरपालिका मातहत नै रहने गरी शैय्या वृद्धि गर्ने योजना रहेको छ ।’

उनले अस्पताललाई स्तरोन्नती गरी अस्पतालको सेवा प्रवाहमा सहजता प्रदान गर्न नगरपालिकाले विभिन्न योजनाहरु तयार गरिरहेको बताए ।

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले आफुले पनि अस्पतालमा ४ जना डाक्टरहरु आईरहेको भन्ने जानकारी पाएको बताए । उनले संघीय स्वास्थ्य मन्त्रालयबाट १ जना एमडिजिपि डाक्टर, २ जना मेडिकल अफिसर र प्रदेश मातहतको सामाजिक विकास मन्त्रालयबाट करारमा एक जना एमबिबिएस डाक्टर अस्पतालमा आउने बताए ।

उनले अस्पतालमा विगत केही महिना देखि आठैं तहको एमबिबिएस डाक्टरको २ वटा पद रिक्त रहेकामा सोही रिक्त पदमा दरबन्दी मिलाउने गरी संघीय मन्त्रालयबाट २ जना मेडिकल अफिसरहरु आईरहेको बताए ।

‘अस्पतालमा हाल दरबन्दी रहेका २ जना डाक्टरहरु पढाईको सिलसिलामा काठमाण्डौमा हुनुहुन्छ’ उनले भने ‘उक्त दरबन्दीमा मेयर सापको पहलमा मन्त्रालयबाट २ जना मेडिकल अफिसर केही महिना भित्रै अस्पतालमा आउदै छन ।’

उनले अस्पतालमा हाल एक जना मात्रै एमबिबिएस डाक्टर रहेको बताए । अस्पतालमा नवौ तहको एमडिजिपि डाक्टरको दरबन्दी पनि रहेको हुँदा उक्त दरबन्दीमा मन्त्रालयबाटै एक÷दुई दिन भित्रै अस्पतालमा हाजिर हुने गरी डाक्टर आउन लागेको उनले बताए ।

अस्पतालमा लामो समय देखि नवौ तहको डाक्टरको उपस्थिति थिएन । नगरप्रमुख भट्टको पहलमा अस्पतालमा एक/दुई दिन भित्रै हाजिर हुने गरी एमडिजिपि डाक्टरको अस्पतालमा आउन लागेको उनले बताए ।

एमडिजिपि डाक्टर भए अस्पतालमा २४ सै घण्टा उपचारात्मक सेवा, ईमेर्जेन्सी सेवा, सर्जरी सेवा तथा ईन्डोर सेवा सुरु हुने उनको भनाई छ । उनका अनुसार एमडिजिपि डाक्टर भए जटिल किसिमको सुत्केरी महिलाहरुलाई सर्जरी गरी अस्पतालमै सेवा दिन सकिनेछ भने सानो तिनो अन्य अप्रेशनहरु पनि डाक्टरले गर्न सक्नेछन । हाल अस्पतालमा रहेका १५ शैय्याहरु पनि डाक्टर नहुँदा प्रयोग विहिन बनेका थिए ।

डाक्टरहरु भए अस्पताल व्यवस्थीत रुपमा सञ्चालन हुने र बहिरंग सेवा तथा विशिष्ठीकृत सेवाहरु अस्पतालमा सुचारु गर्न सकिने स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । हाल अस्पतालमा डाक्टर नहुँदा जटिल अवस्थाका विरामीहरुलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.