अत्तरिया – नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैन सिह महरले काठमाण्डौंको फोहोर व्यवस्थापनको स्थायी सामाधान खोजिनुपर्ने बताएका छन । उनले देशको संघीय राजधानी साझा पहिचान र प्रतिष्ठा भएकोले यसको फोहोरलाई स्थाई सामाधान खोज्न आवश्यक रहेको बताएका हुन ।

उनले समाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै काठमाण्डौं फोहोर व्यवस्थापन गर्न जुन सुकैले जादुको छडी जस्तै समस्या सामाधान गर्ने कुरा गरेको भए पनि त्यो सत्य थिएन भन्ने आज प्रमाणित भएको बताएका छन ।

उनले काठमाण्डौंको फोहर व्यवस्थापनका लागि चुनौती भएपनि शहर स्वच्छ र सफा राख्नु नेपाल सरकार ,महानगरका साथै सवै राजनीतिक दलहरु,आम नागरिक लगायत समग्रको साझा दायित्व बन्नुपर्ने बताएका छन ।
उनले लेखेका छन ‘काठमाडौंको फोहोर व्यवस्थापनबारे १७ वर्षमा १७४ पटक सहमति हुदा पनि स्थाई समाधान भने निस्किएन । जुन सुकैले जादुको छडी जस्तै समस्या सामाधान गर्ने कुरा गरेको भए पनि त्यो सत्य थिएन भन्ने आज प्रमाणित भएकोछ । तर देशको संघीय राजधानी हाम्रो साझा पहिचान र प्रतिष्ठा भएकोले फोहोरको स्थाई सामाधान खोज्नु तथा शहर स्वच्छ र सफा राख्नु नेपाल सरकार, महानगरका साथै सवै राजनीतिक दलहरु,आम नागरिक लगायत समग्रको साझा दायित्व बन्नु पर्दछ ।’


















