कञ्चनपुरका निरजको हराएको नागरिकताबाट काठमाण्डौमा ठगी धन्दा

कञ्चनपुरका निरज पाण्डेयको सक्कल नागरिकता प्रमाणपत्र हराएपछि फेला पार्नेले उनको नाममा कम्पनी खोलेर ठगी गरेको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाण्डौंमा २७९५९६/०७८/०७९ नम्बरको एभरेष्ट लिंक ईन्टनेशनल एजुकेशन प्रा.लि. दर्ता गरिएको हो ।

bishal shuit house

कम्पनी गत वर्ष मंसिर २८ गते दर्ता भएको थियो । त्यसपछि सोही नागरिकताको आधारमा सेञ्चुरी र कुमारी बैंकमा खाता खोलियो । यी सबै काम भएपछि सोही कम्पनीको नामबाट मानिसलाई विदेश पठाइदिने ठगी धन्दा चलाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले रुस पठाउने नाममा ठगी गरेका हुन् ।

joshi vada pasal 2

आफ्नो नामबाट ठगी भएको थाहा पाएपछि पाण्डेय प्रहरीमा उजुर गर्न गए । पीडितको निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा तीन जना संलग्न रहेको पाइएको हो । उनीहरुले ज्ञानेश्वरस्थित एउटा घरमा अफिस खडा गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले उक्त कार्यमा संलग्न तीनै जनालाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

कम्पनीको सीईओ बनेका भक्तपुर, मध्यपुरथिमीका २८ वर्षे सुरेश भन्ने प्रदिप कर्मचार्य, पाण्डेयको नाममा बैंक खाता खोल्ने मुगुको खत्याड गाउँपालिकाका २४ वर्षे विशाल कार्की र २१ वर्षे रामकृष्ण रावतलाई पक्रेर आवश्यक अनुसन्धान एवं कारवाहीको निम्ति जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.