खाेज्नुहाेस

जीवनज्योतीद्धारा तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको जीवनज्योती महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमीटेडले तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

navjiwan hospital

संस्थाले सुदूरपश्चिम प्रदेशकी पुर्व भौतिक पुर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरीको प्रमुख आतिथ्यमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष पुनम कार्कीको सभापतित्वमा भएको कार्यक्रममा गोदावरी नगरपालीकाकी उपप्रमुख शारदा देवी रोकाया, पुर्व उपप्रमुख रत्ना कडायत, ब्रह्माकुमारी विश्वविधालय अत्तरियाकी प्रमुख ब्रह्माकुमारी रविना लगायत सँस्थाका कर्मचारी,पदाधिकारी,विभीन्न संघसँस्थामा आवद्ध महिलाहरुको सहभागीता रहेको थियो ।

attariya hospital

२ हजार ६७० जना शेयर सदस्य रहेको जीवनज्योती महिला विकास बहुउदेश्यीय सहकारी सँस्था लिमीटेडले भदौ ३ गतेदेखी टोलटोलका सबै समुहमा गएर सदस्यहरुलाई चुरा, पोते वितरण तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने संस्थाकी अध्यक्ष पुनम कार्कीले बताईन् ।

यसैबिच बुधबार सम्पन्न कार्यकममा सहभागी महिलाहरुलाई चुरा, पोते तथा टिकीया प्रदान गरीएको थियो भने सहभागी महिलाहरुले नाचगान गर्दै रमाईलो गरेका थिए ।