देशभर थप ८५२ जनामा कोरोना पुष्टि

नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार जानकारी दिँदै संक्रमण बढिरहेको बताए ।

bishal shuit house

‘संक्रमणसँगै आईसीयू र भेन्टिलेटरमा भर्ना हुने दर पनि बढेको छ,’ उनले भने, ‘आज संक्रमणदर १३% भन्दा बढी छ भने ५०% संक्रमितमा कुनै लक्षण देखिएको छैन ।’

joshi vada pasal 2

बुधवार ६ हजार ३८३ नमूना परीक्षण गर्दा ८५२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता अधिकारीले बताए । ३२८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

राजधानी काठमाडौंभित्र थप ३७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बुधवार देशभर ५ हजार ४६२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेका छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.