खाेज्नुहाेस

सुन तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो

Image
file photo

काठमाडौं – दशैँ बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा ठूलाे गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो।

navjiwan hospital

मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत कात्तिक २ गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम थियो।

attariya hospital

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको हो। अघिल्लो कारोबार दिन कात्तिक २ गते चाँदीको मूल्य प्रतितोला ४ हजार १८५ रुपैयाँ थियो।

दशैँ बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट देखिएको हो।