खाेज्नुहाेस

कैलालीमा शिक्षा सेवा आयोगको परीक्षामा भिडीयो बनाउने परीक्षार्थीको परीक्षा रद्द

Image

अत्तरिया – शिक्षा सेवा आयोगले साउन २८ गते संचालन गरेको परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाउने परीक्षार्थीको परीक्षा रद्द गरेको छ ।

कैलालीको त्रिभुवन मावि बोराडाँडी ‘ख’ केन्द्रमा परीक्षा दिएका परीक्षार्थी विनोद कुमार बमको परीक्षा रद्द गरीएको हो ।

attariya hospital
navjiwan hospital

शिक्षा सेवा आयोग सानोठीमी भक्तपुरले एक सूचना जारी गर्दै बमले परीक्षाको मर्यादा विपरीत भिडीयो बनाई सामाजिक संञ्जालमा राखेकाले उनले दिएको निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको दरखास्त रद्द गरीएको उल्लेख छ ।

साथै उक्त सूचनामा बमलाई आगामी २ बर्ष सम्म आयोगबाट संञ्चालन गरीने अध्यापन अनुमति पत्रको परीक्षामा प्रतिस्प्रधात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको जनाइएको छ ।